नेभिगेशन
समाज

अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिका प्रस्थान गरेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा वाग्ले नेतृत्वको टोली अमेरिकाको वासिङ्टन डीसी गएको हो। असोज १९ र २० गते (अक्टोबर ५ र ६) हुने भ्रमणका क्रममा द्विपक्षीय सहयोग विस्तार, पुनर्निर्माण, वित्तीय सुधार तथा नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने विषयमा छलफल हुने कार्यक्रम छ।

Ncell
Extreme Energy

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी)का उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्। उनले निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुने बताइएको छ।

सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी बढाएर नेपालमा रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने विषयलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइनेछ।

विकास साझेदार र निजी क्षेत्रको लगानी अभिवृद्धि गर्दै पूर्वाधार विकास तथा आर्थिक सुधारका लागि स्रोत परिचालन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।