नेभिगेशन
समाज

अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिका प्रस्थान गरेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा वाग्ले नेतृत्वको टोली अमेरिकाको वासिङ्टन डीसी गएको हो। असोज १९ र २० गते (अक्टोबर ५ र ६) हुने भ्रमणका क्रममा द्विपक्षीय सहयोग विस्तार, पुनर्निर्माण, वित्तीय सुधार तथा नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने विषयमा छलफल हुने कार्यक्रम छ।

Ncell
Extreme Energy

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी)का उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्। उनले निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुने बताइएको छ।

सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी बढाएर नेपालमा रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने विषयलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइनेछ।

विकास साझेदार र निजी क्षेत्रको लगानी अभिवृद्धि गर्दै पूर्वाधार विकास तथा आर्थिक सुधारका लागि स्रोत परिचालन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

सभापति सर्वसम्मत, विशेष महाधिवेशनको अध्यक्षता गर्ने चाहिँ पराजित

कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने । उनी आफै वडा र क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

सामान्यतया, कांग्रेसलाई बूढाहरुको पार्टी भनेर चित्रण गरिन्छ । यसको कारण हो– केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्वमा पाको उमेरका नेताहरु रहनु ।
गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्था प्रस्ताव गरिएको छ।
कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारी अवस्थामा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारी अवस्थामा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिको स्वास्थ्य उपचारका लागि ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालन गरिने भएको छ।