नेभिगेशन
समाज

कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

काठमाडौं।  सामान्यतया, कांग्रेसलाई बूढाहरूको पार्टी भनेर चित्रण गरिन्छ । यसको कारण हो– केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्वमा पाको उमेरका नेताहरू रहनु । चौधौं महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुँदा धेरैले अचम्म मानेका थिए– यी युवाहरू कसरी पार्टी पदाधिकारी चुनिए भनेर । विशेष महाधिवेशनबाट गगन थापा नै सभापति बने, विश्वप्रकाश उपसभापति । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले अवस्था झनै फेरिएको छ । वडातहदेखि पार्टीको नेतृत्वमा युवाहरूको सहभागिता बढेको छ । पछिल्लो एक आँकडाअनुसार, कांग्रेसका विभिन्न तहमा ४४ हजार हजार युवाले जिम्मेवारी पाएका छन् । एक लाख युवाहरू प्रतिस्पर्धामा उत्रिँदा ४४ हजारले सफलता हासिल गरेका छन् । कतिपय वृद्ध नेताहरूलाई युवाहरूले प्रतिस्थापन गरिदिएका छन् । 

Ncell
Extreme Energy

कांग्रेसले यसपालि विधान नै संशोधन गरेर पार्टीका हरेक निकायमा ३५ वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरेको छ । आरक्षित बाहेक अन्य सिटमा पनि युवाहरू छानिएका छन् । ३५ वर्ष मुनिका कम्तीमा एक हजार महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् । यीमध्ये आधाआधी जेनजी उमेर समूहका पनि छन् । कांग्रेसका नेताहरूले दाबी गर्न थालेका छन् कि– नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक हो । कांग्रेसले केन्द्रीय समितिमा पनि ३५ वर्ष मुनिका युवाहरूलाई सिट आरक्षित गरेको छ । यसको अर्थ– युवाहरूको प्रतिनिधित्व केन्द्रीय नेतृत्वमा पनि हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी...
६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध  बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।
प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान...

प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान...

आफ्नो ज्यान नै जोखिममा राखेर धेरैलाई जीवन दियौ तिमीले । पत्रकारितालाई भन्ने गरिएको आवाजविहीनहरूको आवाजको एक सच्चा पहरेदार तिमी थियौ ।
कांग्रेसका नेता पहिलो पटक पुगे आफ्नो वडामा, विशेष महाधिवेशनै नेता कसरी हारे ?

कांग्रेसका नेता पहिलो पटक पुगे आफ्नो वडामा, विशेष महाधिवेशनै नेता कसरी हारे ?

केन्द्रमा रहेको खुलामञ्च आन्दोलन, लोकतन्त्र र स्वतन्त्रताको प्रतीक मानिन्छ । यसपालि कांग्रेसले आफ्नो महाधिवेशन त्यही खुलामञ्चमा गर्दैछ । पछिल्लो दश वर्षयता खुलामञ्चमा हुन लागेको कांग्रेसको महाधिवेशन नै पहिलो...