नेभिगेशन
समाज

कांग्रेसले दिँदैछ ४४ हजार युवालाई जिम्मेवारी

काठमाडौं।  सामान्यतया, कांग्रेसलाई बूढाहरूको पार्टी भनेर चित्रण गरिन्छ । यसको कारण हो– केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्वमा पाको उमेरका नेताहरू रहनु । चौधौं महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुँदा धेरैले अचम्म मानेका थिए– यी युवाहरू कसरी पार्टी पदाधिकारी चुनिए भनेर । विशेष महाधिवेशनबाट गगन थापा नै सभापति बने, विश्वप्रकाश उपसभापति । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले अवस्था झनै फेरिएको छ । वडातहदेखि पार्टीको नेतृत्वमा युवाहरूको सहभागिता बढेको छ । पछिल्लो एक आँकडाअनुसार, कांग्रेसका विभिन्न तहमा ४४ हजार हजार युवाले जिम्मेवारी पाएका छन् । एक लाख युवाहरू प्रतिस्पर्धामा उत्रिँदा ४४ हजारले सफलता हासिल गरेका छन् । कतिपय वृद्ध नेताहरूलाई युवाहरूले प्रतिस्थापन गरिदिएका छन् । 

Ncell
Extreme Energy

कांग्रेसले यसपालि विधान नै संशोधन गरेर पार्टीका हरेक निकायमा ३५ वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरेको छ । आरक्षित बाहेक अन्य सिटमा पनि युवाहरू छानिएका छन् । ३५ वर्ष मुनिका कम्तीमा एक हजार महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् । यीमध्ये आधाआधी जेनजी उमेर समूहका पनि छन् । कांग्रेसका नेताहरूले दाबी गर्न थालेका छन् कि– नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक हो । कांग्रेसले केन्द्रीय समितिमा पनि ३५ वर्ष मुनिका युवाहरूलाई सिट आरक्षित गरेको छ । यसको अर्थ– युवाहरूको प्रतिनिधित्व केन्द्रीय नेतृत्वमा पनि हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।