नेभिगेशन
समाज

सभापतिमा गगनको पल्ला भारी, महामन्त्रीमा महाभिडन्त

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। कांग्रेसको विधानअनुसार एक सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचित हुने छन् । सबैभन्दा बढी प्रतिस्पर्धा यिनै पदमा देखिन थालेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित सभापति गगन थापालाई नै पन्ध्रौं महाधिवेशनबाट पनि सर्वसम्मत सभापति बनाउने तयारी भइरहेको छ । तर, निवर्तमान सहमहामन्त्री किशोरसिंह राठोरले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राठोर यसअघि चौधौं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका थिए । राठोरले उम्मेदवारी दिए पनि गगनकै पल्लाभारी देखिएको र पहिलो चरणको मतदानमै गगन सभापतिमा निर्वाचित हुने कांग्रेस नेताहरुको दाबी छ । 

Ncell
Extreme Energy

त्यस्तै, वर्तमान उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले फेरि पनि उपसभापतिमै चाहना राखेका छन् । महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको चाहना पनि महामन्त्री नै बन्ने छ । तर, महाधिवेशन नजिकिँदै गर्दा सबैभन्दा चर्को प्रतिस्पर्धा महामन्त्री पदमा हुने सम्भावना बढेको छ । कांग्रेसका एक दर्जनभन्दा बढी नेताहरूले त महामन्त्रीमा उम्मेदवारी नै घोषणा गरेर जिल्ला दौडाहा गरिरहेका छन् । 

वर्तमान महामन्त्रीहरू पौडेल र घिमिरेसँगै सहमहामन्त्री उदयशमशेर राणा, प्रवक्ता देवराज चालिसे, केन्द्रीय सदस्य नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेविसंघका पूर्वअध्यक्ष रन्जित कर्ण, केन्द्रीय सदस्य मधु आचार्य, पूर्वसांसद सुनिल शर्मा, केन्द्रीय सदस्य रामहरि खतिवडा र आंगेलु शेर्पाले पनि महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उम्मेदवारी मनोनयनसम्म पुग्दा यो संख्या अझ थपिने अनुमान छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी...
६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध  बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।
प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान...

प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान...

आफ्नो ज्यान नै जोखिममा राखेर धेरैलाई जीवन दियौ तिमीले । पत्रकारितालाई भन्ने गरिएको आवाजविहीनहरूको आवाजको एक सच्चा पहरेदार तिमी थियौ ।
कांग्रेसका नेता पहिलो पटक पुगे आफ्नो वडामा, विशेष महाधिवेशनै नेता कसरी हारे ?

कांग्रेसका नेता पहिलो पटक पुगे आफ्नो वडामा, विशेष महाधिवेशनै नेता कसरी हारे ?

केन्द्रमा रहेको खुलामञ्च आन्दोलन, लोकतन्त्र र स्वतन्त्रताको प्रतीक मानिन्छ । यसपालि कांग्रेसले आफ्नो महाधिवेशन त्यही खुलामञ्चमा गर्दैछ । पछिल्लो दश वर्षयता खुलामञ्चमा हुन लागेको कांग्रेसको महाधिवेशन नै पहिलो...