नेभिगेशन
समाज

त्रिविका परीक्षा केन्द्रमा सीसीटीभी अनिवार्य

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा सञ्चालन हुने सबै परीक्षा केन्द्रमा सीसीटीभी क्यामरा अनिवार्य गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सूचना जारी गर्दै परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य देखिने गरी सीसीटीभी जडान गर्न निर्देशन दिएको हो।

Ncell
Extreme Energy

क्यामराले कम्तीमा डेढ महिनासम्मको दृश्य रेकर्ड गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ। साथै, उक्त रेकर्डको अनुगमन सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने त्रिविले जनाएको छ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार यस्तो व्यवस्था गर्न सबै परीक्षा केन्द्रलाई सूचित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

तोकिएको व्यवस्थापन नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षामा परिवर्तनसमेत गर्न सकिने त्रिविले स्पष्ट पारेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

सरकारले गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी...
६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध  बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।