नेभिगेशन
समाज

त्रिविका परीक्षा केन्द्रमा सीसीटीभी अनिवार्य

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा सञ्चालन हुने सबै परीक्षा केन्द्रमा सीसीटीभी क्यामरा अनिवार्य गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सूचना जारी गर्दै परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य देखिने गरी सीसीटीभी जडान गर्न निर्देशन दिएको हो।

Ncell
Extreme Energy

क्यामराले कम्तीमा डेढ महिनासम्मको दृश्य रेकर्ड गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ। साथै, उक्त रेकर्डको अनुगमन सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने त्रिविले जनाएको छ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार यस्तो व्यवस्था गर्न सबै परीक्षा केन्द्रलाई सूचित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

तोकिएको व्यवस्थापन नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षामा परिवर्तनसमेत गर्न सकिने त्रिविले स्पष्ट पारेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।
सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीमा सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।