नेभिगेशन
समाज

राजनीतिक मञ्चका रूपमा खुल्दै खुलामञ्च, कांग्रेसले गुञ्जाउने छ प्रतिपक्षी आवाज

काठमाडौं। काठमाडौंको केन्द्रमा रहेको खुलामन्च आन्दोलन, लोकतन्त्र र स्वतन्त्रताको प्रतीक मानिन्छ । यसपालि कांग्रेसले आफ्नो महाधिवेशन त्यही खुलामन्चमा गर्दैछ । पछिल्लो दश वर्षयता खुलामन्चमा हुन लागेको कांग्रेसको महाधिवेशन नै पहिलो राजनीतिक कार्यक्रम हुँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चौधौं महाधिवेशन भृकुटीमण्डपमा गरेको कांग्रेसले यसपालि रणनीतिक रुपमा राजनीतिक सन्देश दिनकै लागि खुलामन्च छनोट गरेको हो । ऐतिहासिक र राजनीतिक महत्त्वको खुलामञ्च करिब एक दशकसम्म बन्द रह्यो । राजनीतिक सभा–सम्मेलनदेखि आन्दोलनको केन्द्र यही खुलामञ्च र रत्नपार्क हुने गर्थ्यो  । तर २०७३ वैशाखदेखि विभिन्न बहानामा खुलामञ्च बन्द रह्यो । त्यही बीचमा खुलामन्चलाई कहिले बसपार्क त कहिले व्यापार गर्ने ठाउँ पनि बनाइयो । राजनीतिक स्थललाई काठमाडौं महानगरले फुटबल मैदान बनाउन खोज्यो भनेर पनि विवाद भयो । बन्द भएको करिब एक दशकपछि खुलामञ्चलाई काठमाडौं महानगरपालिकाले २०८२ पुसमा सर्वसाधारणका लागि खुला गरेको थियो । खुलामञ्च केवल एक चौर मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनको साक्षी पनि हो ।  जनमत संग्रहको तयारीका क्रममा २०३६ सालमा बीपी कोइरालाले खुलामञ्चमा एक विशाल जनसभालाई सम्बोधन गरेका थिए । २०४६ सालको जनआन्दोलनको घोषणा यही खुलामन्चबाट गरिएको र जनआन्दोलनको सफलतापछि  गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला लगायत नेताले यहीमन्चबाट सम्बोधन गरेका थिए । २०६२÷६३ को दोस्रो जनआन्दोलनको सफलतापछि यहीँ विशाल सभा गरिएको थियो । 

Ncell
Extreme Energy

विगतको तुलनामा खुलामन्चको स्वरुप फेरिएको छ । काठमाडौँ महानगरले यसको पुनर्निर्माण गरेको छ । महानगरका अनुसार खुलामञ्चको कुल क्षेत्रफल २३ हजार ४१५ वर्गमिटरमध्ये १४ हजार ६ सय वर्गमिटरमा प्राकृतिक नेपाली दुबो रोपिएको छ । अहिले यो चौर हरियो र आकर्षक देखिन्छ । खुलामन्चको वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग– वाकिङ ट्रयाक बनाइएको छ । 

यही खुलामन्चमा कांग्रेस महाधिवेशनको उद्घाटन समारोह र बन्दसत्र हुने छ । जसका लागि धमाधम संरचना बनाइएको छ । १८ गते बिहानसम्म सबै संरचना तयार हुने कांग्रेसले जनाएको छ । 
कांग्रेस विभाजनको संघारमा छ । सँगै रुपान्तरण र पुस्तान्तरणको प्रक्रियामा छ । महाधिवेशनबाट कांग्रेसले नेतृत्व त छान्छ नै, त्यही महाधिवेशनबाट छानिने नेतृत्वले पार्टी एकतामा कस्तो भूमिका निर्वाह गर्छ अनि पार्टीको नीतिलाई कसरी पुनरपरिभाषित गर्छ भनेर सर्वत्र चासो उब्जिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

मध्यम आय भएका परिवारका लागि सरकारले गर्‍यो ‘स्मार्ट घर’ प्रस्ताव

सरकारले गरिब तथा विपन्न नागरिकलाई आवास निर्माणका लागि ७५ हजार रुपैयाँसम्म अनुदान दिने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी...
६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध  बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।