नेभिगेशन
समाज

नेपालबाट मनसुन बाहिरिन थाल्यो, सुदूरपश्चिम र कर्णालीका अधिकांश भागबाट बाहिरियो

काठमाडौं। यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भू-भागका केही स्थानबाट मनसुन बाहिरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाले शनिबार अर्थात् २०८३ असोज १७ गते मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भाग र गण्डकीको पश्चिमी भागबाट बाहिरिएको जनाएको हो।

Ncell
Extreme Energy

मनसुन देशका बाँकी भू-भागबाट समेत क्रमशः बाहिरिने क्रममा रहेको महाशाखाले जनाएको छ।

मनसुन बाहिरिन थाले पनि केही दिनसम्म देशका विभिन्न स्थानमा मौसम बदली तथा वर्षाको सम्भावना भने कायमै रहनेछ। विशेषगरी स्थानीय वायुमण्डलीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।