नेभिगेशन
समाज

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले स्थानीय तहको निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए । 

Marvel
Extreme Energy

प्रवक्ता खरेलका अनुसार स्थानीय तहको निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिको संयोजकमा महामन्त्री विपिन कुमार आचार्य रहेका छन् । समिति सदस्यहरुमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी मनोनित भएका हुन् । 

उक्त समितिमा सातै प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था गरिएको छ । प्रवक्ता खरेलले अन्य सदस्य नियुक्त हुन बाँकी रहेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज