नेभिगेशन
समाज

रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा मनोनित भएका छन् । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले झालाई प्रवास सम्पर्क विभागको नेतृत्व दिएको प्रवक्ता जगदिश खरेलले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान मनोनित भएका छन् ।  पार्टीले १४ ओटा विभागमा प्रमुख, २ विभागमा उपप्रमुख र १ विभागमा सदस्य मनोनयन गरेको हो ।

Ncell
Extreme Energy

कानुनी मामिला तथा संस्थागत अनुपालन विभाग प्रमुखमा मोहनलाल आचार्य नियुक्त भएका छन् । 

सामाजिक न्याय लैङ्गिक समानता तथा समावेशिता विभागको प्रमुखमा रुविना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभाग प्रमुखमा सुदिप ढकाल, विधायन संसदीय मामिला तथा न्याय प्रणाली विभाग प्रमुखमा सुलभ खरेल, कृषि भूमि तथा सहकारी व्यवस्था विभाग प्रमुखमा ज्ञानेन्द्र महता, श्रम रोजगारी तथा सामाजिक सुरक्षा विभाग प्रमुखमा दीपक कुमार साह महोत्तरी, आपूर्ति बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान सूचना प्रविधि नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुखमा आनन्द बहादुर चन्द संस्कृति पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग प्रमुखमा धनञ्जय रेग्मी र सदस्यमा सम्राट बुढाथोकी, वातावरण जलवायु तथा प्राकृतिक स्रोत विभाग प्रमुखमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवद्र्धन विभाग प्रमुखमा रिमा विश्वकर्मा मनोनित भएका छन् । 

त्यस्तै अभियान तथा प्रचारप्रसार विभाग उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभाग उपप्रमुखमा डिल्लीश्वर कार्की (रोहन) मनोनित भएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...
निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

महाविधेशनको तयारीसम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भने, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन्...

भर्खरै