नेभिगेशन
समाज

रास्वपाले वनस्थलीबाट पार्टी कार्यालय सार्दै, खरिदका लागि उपयुक्त घर/जग्गा खोज्न शुभेच्छुकलाई आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालय अन्यत्र सार्ने भएको छ । पार्टीले कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै जमिन घर किन्न काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा खोजी गर्न शुभेच्छुकहरुलाई अनुरोध गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको केन्द्रीय समिति बैठकले पार्टी कार्यालय सार्नको लागि उपयुक्त ठाउँको खोजी गर्ने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

पार्टी स्थापनको समयमा रास्वपाको पार्टी कार्यालय बसुन्धरामा थियो । पछि पार्टी कार्यालय वनस्थली सारिएको थियो । 

हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ । तर उक्त स्थानमा पार्टीलाई पार्किङ लगायतका लागि ठाउँ पर्याप्त नभएको पार्टीका नेताहरुले बताउँदै आएका छन् । 

पार्टी ठूलो भएको र सोही अनुसार स्थान आवश्यक भएको पार्टीका नेताहरु बताउँछन् । केही समय अगाडी हाल सञ्चालनमा रहेको वनस्थलीस्थित पार्टी कार्यालयको घर भाडाको विवाद पनि सार्वजनिक भएको थियो । पार्टीको कार्यालय भएको भवनका मालिक पनि रास्वपाकै नेता हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

रास्वपाको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान

त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान नियुक्त भएका छन् भने कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य नियुक्त भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

रास्वपा केन्द्रीय समिति बैठकः स्थानीय तह निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्य मनोनयन

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले समिति सदस्य मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...
निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

महाविधेशनको तयारीसम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भने, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन्...

भर्खरै