नेभिगेशन
सबै कुरा
रास्वपा संसदीय दलको बैठक

रास्वपा सांसदहरुलाई रविका चार प्रश्न र जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सांसदहरुलाई हिउँदे अधिवेशनको तयारी बारे केहि दिन अघि सोधिएका प्रश्नको जवाफ मागेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केहि दिन अघि रास्वपाका सांसदलाई होमवर्क दिएका लामिछानेले आज सिंहदरबारस्थित संसदीय दलको बैठकमा जवाफ मागेको प्रमुख सचेतक सन्तोष परियारले बताए । 

Ncell
Extreme Energy

लामिछानेले केहि दिन अघि सांसदहरुलाई चार वटा प्रश्न साेधेका थिए । जसअनुसार संविधान निर्माणपछि राज्य सञ्चालनको लागि आवश्यक पर्ने ४० विधेयकमा के भइरहेको छ ? तपाईं भएको समितिमा भए त्यसको अवस्था के छ ? निर्वाचनको बेलामा बाचापत्रमा उठाएको मुद्दा त्यो अनुसार विधेयकमा काम गर्न सक्छौं कि सक्दैनौं र नागरिक अधिकार र स्थानीय समस्याहरुको केके मुद्दा उठाउनुहुन्छ? भन्ने प्रश्न गरेका थिए ।

प्रमुख सचेतक परियारका अनुसार आज सबै सांसदले आफ्ना कुरा राखेका छन् भने सोमबार बैठक बस्नुअघि थप छलफल गर्ने तय भएको छ । साथै आजको बैठकले हिउँदे अधिवेशनमा मुख्य कानूनहरु टुंग्याएरै जान सरकारलाई दबाब दिने विषय पनि बैठकमा प्राथमिकताका साथ उठेकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।