नेभिगेशन
समाज

आजदेखि कांग्रेस महाधिवेशन, प्रतिनिधिका सवारीसाधन पार्किङ गर्न यी ठाउँ तोकिए

काठमाडौं। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा प्रतिनिधिका सवारीसाधन पार्किङका लागि विभिन्न स्थान तोकिएको हो।

Ncell
Extreme Energy

उनका अनुसार धरहराको अन्डरग्राउन्ड पार्किङ, माइतीघरदेखि भद्रकालीसम्मको वान-वे सडकको एकतर्फी भाग र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सवारीसाधन पार्किङ गर्न सकिनेछ।

यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाउन ट्राफिक प्रहरीसँग समन्वय भइरहेको स्वाँरले बताए।

महाधिवेशनका लागि देशभरबाट तथा जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि काठमाडौं आएका छन्।

कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सहभागी प्रतिनिधि तथा अन्य व्यक्तिको आवागमनलाई सहज बनाउन ट्राफिक व्यवस्थापनसमेत मिलाइएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने जुम्लाका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।
आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

आइतबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।