नेभिगेशन
समाज

नारायणघाट–बुटवल सडकमा बाँदरका लागि थप दुई ‘क्यानोपी ब्रिज’ बन्दै

नवलपुर । नारायणघाट–बुटवल सडकखण्डमा बाँदरलाई सडक वारपार गराउन थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चार लेनमा विस्तार भएको पूर्वपश्चिम राजमार्गको जङ्गल क्षेत्रमा बाँदरका कारण हुने दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले क्यानोपी ब्रिज निर्माण गर्न लागिएको हो।

Ncell
Extreme Energy

नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार कावासोती र लाकाहाबीचको जङ्गल तथा चोरमारा र अरुणखोलाबीचको जङ्गलमा दुईवटा क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ।

‘पहाडी क्षेत्रबाट तराईतर्फ बाँदर आउन थालेपछि राजमार्गमा दुर्घटना बढ्दै गएको छ,’ खनालले भने, ‘राजमार्गमा बाँदरले बाटो काट्दा हुने दुर्घटनाबाट मानिसको समेत मृत्यु भएकाले दुर्घटना न्यूनीकरणका लागि यो पुल निर्माण गर्न लागिएको हो।’

एउटा क्यानोपी ब्रिज बनिसकेको छ

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) खण्डमा यसअघि नै एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। गैँडाकोट–१० स्थित पितौँजी जङ्गलमा सडक माथिबाट बनाइएको उक्त पुलबाट फाट्टफुट्ट बाँदर वारपार गर्न थालेका छन्।

तर पुलको प्रभावकारिता मूल्यांकन गर्ने समय भने अझै भइनसकेको खनाल बताउँछन्।

उनका अनुसार नयाँ बनाइएका क्यानोपी ब्रिजलाई बाँदरलगायतका जनावरले प्रयोग गर्ने वातावरण बनाउन सुरुमा फलफूल राखेर उनीहरूलाई पुलतर्फ आकर्षित गर्ने तयारी गरिएको छ।

‘ओभरहेड क्यानोपी ब्रिजको प्रभावकारिता अहिल्यै जाँच गर्ने बेला भएको छैन,’ खनालले भने, ‘बाँदरलगायतका जनावरलाई पुलबाट वारपार गर्ने वातावरण बनाउन सुरुका केही दिन फलफूल दिएर उनीहरूलाई आकर्षित गराउनुपर्छ। त्यसको तयारीमा पनि जुटेका छौँ।’

पाँच लाखभन्दा कम लागतमा पुल

सडक विस्तार योजनाका अनुसार एउटा क्यानोपी ब्रिज निर्माणमा पाँच लाख रुपैयाँभन्दा कम खर्च हुने गरेको छ। राजमार्गको जङ्गल क्षेत्रमा यस्तो संरचना निर्माण गर्दा वन्यजन्तु र सवारीसाधनबीच हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअघि गैँडाकोटमा जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत सडकको जङ्गल क्षेत्रमा ३४ मिटर लामो र चार फिट चौडाइको क्यानोपी ब्रिज निर्माण गरिएको थियो।

सडक विस्तार योजनाले क्यानोपी ब्रिजसँगै राजमार्ग आसपासका जङ्गलमा पानीपोखरी निर्माण, चोरीसिकारी नियन्त्रणमा सहयोगलगायतका काम पनि गर्दै आएको जनाएको छ।योजनाका अनुसार सडक पूर्वाधार निर्माणसँगै वन्यजन्तुको प्राकृतिक आवतजावत सहज बनाउने, जैविक विविधता संरक्षण गर्ने र वन्यजन्तु–सवारी दुर्घटना घटाउने उद्देश्यले यस्ता संरचना थप गरिँदै छन्। यसले नारायणघाट–बुटवल सडकलाई वातावरणमैत्री बनाउने प्रयासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभावका कारण आजदेखि बुधबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनोद पोखरेलले बताएका छन्।
काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने जुम्लाका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।