नेभिगेशन
समाज

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

काठमाडौं । आइतबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका तराई भू-भागमा पनि आंशिक बदली रहनेछ।

Ncell
Extreme Energy

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भू-भाग तथा गण्डकी र लुम्बिनीका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव छ।

यस्तै, कोशी, मधेश र बागमतीका सबै भू-भाग तथा गण्डकी र लुम्बिनीका बाँकी भू-भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

यसका कारण पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदलीसँगै केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभावका कारण आजदेखि बुधबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनोद पोखरेलले बताएका छन्।
काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने जुम्लाका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।