नेभिगेशन
समाज

आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित हुने महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुनेछ। नयाँ नेतृत्व चयनका लागि भने असोज २१ र २२ गते निर्वाचन हुनेछ।

Ncell
Extreme Energy

महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ। उद्घाटनपछि सोमबार र मंगलबार बन्दसत्र तथा अन्य कार्यक्रम हुने कांग्रेसले जनाएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार यसपटकको महाधिवेशन कांग्रेसको इतिहासकै ठूलो हुनेछ। उनले महाधिवेशनलाई नेता चयनसँगै नीति चयनको अधिवेशन बनाउने प्रयास गरिने बताए।

बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा विभिन्न समसामयिक प्रतिवेदन पेस हुनेछन्। सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्ने कांग्रेसले जनाएको छ।

विभिन्न दल र विदेशी पाहुनालाई निम्तो

कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत दललाई निम्तो दिएको छ।

भारत, चीन, अमेरिका लगायतका विभिन्न मुलुकबाट समेत पाहुना बोलाइएको छ। तर उद्घाटन समारोहको मिति परिवर्तन भएकाले विदेशी पाहुनाको उपस्थिति न्यून हुन सक्ने कांग्रेसले जनाएको छ।

प्रतिनिधिका लागि होटलको व्यवस्था

महाधिवेशनमा आउने प्रतिनिधिका लागि गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रमा होटलको व्यवस्था गरिएको छ।

कोशी र मधेशका प्रतिनिधिका लागि गौशाला र कोटेश्वर, बागमतीका लागि लाजिम्पाट र ठमेल तथा गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क क्षेत्रमा बस्ने व्यवस्था गरिएको छ। कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिलाई सुन्धारा र कलंकी क्षेत्रमा राखिनेछ।

जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आएका प्रतिनिधिले होटल तथा आवासको खर्च आफैँ बेहोर्नुपर्नेछ। प्रतिनिधिका लागि बिहान र दिउँसोको खाना भने भृकुटीमण्डपमा उपलब्ध गराउने कांग्रेसले जनाएको छ।

३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क

महाधिवेशनस्थलमा ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालन गरिने भएको छ। खुलामञ्चको पश्चिमतर्फ पाँच स्टलमा सञ्चालन हुने हेल्थ डेस्कमा आठ चिकित्सकसहित पारामेडिक्स र नर्स रहनेछन्।

त्यहाँ रक्तचाप र सुगर परीक्षणका साथै सिटामोल, जीवनजल तथा सामान्य घाउचोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइनेछ। आकस्मिक उपचार आवश्यक परे वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बीपी स्मृति अस्पतालमा लैजाने व्यवस्था गरिएको छ।

महाधिवेशनस्थलमा दुई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन्।

प्रतिनिधिका सवारीसाधन कहाँ पार्क गर्ने ?

महाधिवेशनमा आउने प्रतिनिधिका सवारीसाधनका लागि धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको एकतर्फी सडक र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।

पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि पार्किङको व्यवस्था मिलाउन ट्राफिक प्रहरीसँग समन्वय भइरहेको यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले बताए।

कांग्रेसले प्रतिनिधि दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। दर्ता भएका प्रतिनिधिलाई पार्टी विधान, डायरी, डटपेन, खाना तथा खाजाका कुपन र प्रतिनिधि कार्डसहितको झोला उपलब्ध गराइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभावका कारण आजदेखि बुधबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनोद पोखरेलले बताएका छन्।
काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने जुम्लाका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

आइतबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।