नेभिगेशन
समाज

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

जुम्ला। सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने जुम्लाका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक डिभिजन कार्यालय जुम्लाले आर्थिक वर्ष २०७५ देखि २०८० सम्म विभिन्न सडक आयोजनाका लागि सम्झौता गरेका निर्माण कम्पनीले तोकिएको अवधिमा काम सम्पन्न नगरेपछि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको थियो।

Ncell
Extreme Energy

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम विनम्र निर्माण सेवा सुर्खेतलाई तीन वर्ष, ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई दुई वर्ष र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए।

त्यस्तै, शङ्करमाली निर्माण सेवा काठमाडौं र मान शाही निर्माण सेवा कालीकोटलाई तीन–तीन वर्ष तथा कश्यप निर्माण सेवा काठमाडौंलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको सडक डिभिजन कार्यालयका सबइन्जिनियर वीरेन्द्र रावलले बताए।

शङ्करमाली निर्माण सेवाले नाग्म–गमगडी सडक र कश्यप निर्माण सेवाले जुम्ला हुँदै मनाङ–मुस्ताङ जोड्ने सडकको सम्झौताअनुसार काम नगरेको कार्यालयले जनाएको छ। अन्य निर्माण कम्पनीले कर्णाली राजमार्गअन्तर्गत कालीकोट क्षेत्रमा सडक स्तरोन्नति तथा निर्माणको ठेक्का समयमै सम्पन्न नगरेका कारण कालोसूचीमा परेका हुन्।

कालोसूचीमा परेका निर्माण कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

जुम्लामा उद्योग खारेज गर्ने बढे

जुम्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै जाँदा उद्योग खारेज गर्ने क्रम भने बढेको छ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १८० उद्योग खारेज भएका छन्। सोही अवधिमा १८८ उद्योग दर्ता र ३३४ उद्योग नवीकरण भएका छन्।

वाणिज्यतर्फ ६१ उद्योग दर्ता भएका छन् भने ५८ वटा नवीकरण र ५२ वटा खारेज भएका छन्। उक्त आर्थिक वर्षमा विभिन्न शीर्षकबाट करिब १६ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख टङ्कप्रसाद न्यौपानेले बताए।

चालु आर्थिक वर्षको भदौसम्म ४३ वटा नयाँ उद्योग दर्ता भएका छन्। यस अवधिमा ११९ उद्योग नवीकरण र पाँच उद्योग खारेज भएका छन्। वाणिज्यतर्फ ११ वटा उद्योग दर्ता भएका छन्।

कार्यालयका अनुसार पछिल्ला चार वर्षदेखि जिल्लामा उद्योग दर्ता गर्नेको सङ्ख्या लगातार घटिरहेको छ भने खारेजीको सङ्ख्या बढिरहेको छ।

जुम्लामा उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण तथा सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित उद्योग दर्ता हुँदै आएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

बाढीपहिरोबाट पर्वतमा ३०० परिवार विस्थापित भएका छन्। जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति पुगेको छ।
आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभावका कारण आजदेखि बुधबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनोद पोखरेलले बताएका छन्।
गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।