नेभिगेशन
समाज

आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं। कमजोर पश्चिमी वायुको प्रभावका कारण आजदेखि बुधबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनोद पोखरेलले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरेलका अनुसार आगामी एक हप्तासम्म नेपालका धेरै ठाउँमा बदलीसँगै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशभर एकैपटक वा हरेक दिन सबै ठाउँमा वर्षा हुने भने छैन।

Ncell
Extreme Energy

विशेषगरी आजदेखि बुधबारसम्म पहाडी क्षेत्रमा वर्षाको क्रम तुलनात्मक रूपमा निरन्तर रहने सम्भावना छ। व्यापक रूपमा ठूलो वर्षा हुने संकेत नरहे पनि केही स्थानमा छोटो समयका लागि भारी वर्षा हुन सक्ने पोखरेलले बताएका छन्।

उनका अनुसार अधिकांश स्थानमा वर्षा अपराह्नपछि सुरु भएर साँझसम्म रहने सम्भावना छ।

आगामी दिनको मौसम धान काट्ने तयारीमा रहेका किसान तथा पहाडी र हिमाली क्षेत्रमा हाइकिङ तथा ट्रेकिङमा जानेका लागि समेत ध्यान दिनुपर्ने खालको रहेको उनले बताएका छन्।

पोखरेलले जिल्लाअनुसार वर्षाको सम्भावित मात्रा हेरेर दैनिक कामको योजना बनाउन सुझाव दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनमत पार्टीको आन्दोलन र संघर्षको बाबुराम भट्टराईले गरे प्रशंसा

जनमत पार्टीको आन्दोलन र संघर्षको बाबुराम भट्टराईले गरे प्रशंसा

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीयता, अधिकार, पहिचान र समावेशिताका पक्षमा जनमत पार्टी र अध्यक्ष डा. सीके राउतले उठाउँदै आएको आवाजको प्रशंसा गरेका छन्।
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

बाढीपहिरोबाट पर्वतमा ३०० परिवार विस्थापित भएका छन्। जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति पुगेको छ।
काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने जुम्लाका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।