नेभिगेशन
समाज

जनमत पार्टीमा सीके राउतसहित को–को निर्वाचित?

काठमाडौं। जनमत पार्टीको दोस्रो महाधिवेशनबाट डा. सीके राउत राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन समितिका अनुसार १ हजार १२६ मत खसेकोमा राउतले ९५८ मत प्राप्त गरे।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनबाट राष्ट्रिय उपाध्यक्षमा सात जना निर्वाचित भएका छन्। अनिता कुमारी मण्डलले ६०८, अनिता देवी साहले ६०६, नरेन्द्र प्रसाद चौधरीले ६०३, बसन्त कुमार कुशवाहाले ५८५, डा. जयकान्त राउतले ५७३, राजकुमार यादव (त्यागी)ले ५५६ र माधव प्रसाद सिंहले ३९६ मत प्राप्त गर्दै निर्वाचित भए।

Ncell
Extreme Energy

राष्ट्रिय महासचिवमा संजय कुमार यादव निर्वाचित भएका छन्। उनले ६१८ मत पाए। महासचिवका उम्मेदवार ममता झाले २२० र चन्दन कुमार सिंहले १६५ मत पाए पनि २० प्रतिशत थ्रेसहोल्ड पार गर्न सकेनन्।

राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डल निर्वाचित भए। उनले ५०१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत पाए।

त्यस्तै, राष्ट्रिय सचिवमा सुरेन्द्र शर्मा मधेशी, पारस प्रसाद साह, सन्तोष राज सहनी, अंजनी देवी, राधा कुमारी यादव, हरेन्द्र चौधरी र बाल गोविन्द चौधरी निर्वाचित भएका छन्। उनीहरूले क्रमशः ५३५, ५२५, ५०४, ४९७, ४९३, ४६० र ४४५ मत प्राप्त गरेका छन्।

कार्यकारिणी सदस्यमा को–को निर्वाचित?

महाधिवेशनबाट केन्द्रीय कार्यकारिणी सदस्यमा विभिन्न जिल्लाका उम्मेदवार निर्वाचित भएका छन्।

कपिलवस्तुबाट धिरज कुमार चौधरी (२९६), लक्ष्मी चौधरी (२९४) र बिनोद कुमार चौधरी (२३०) निर्वाचित भएका छन्।

काठमाडौंका श्यामसुन्दर साहले ३२१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। झापाका अमृतलाल महतो २९० मतसहित निर्वाचित भएका छन्।

धनुषाबाट डा. सुरेन्द्र प्रसाद यादव (४०८), रामपुकार यादव (३५२), ब्रम्हदेव महतो (३२४), संजय प्रधान (३२२) र अशोक कुमार साह (२९७) निर्वाचित भएका छन्।

नवलपरासी पश्चिमबाट अमिरुल्लाह जोल्हा २५० मतसहित निर्वाचित भएका छन्।

पर्साबाट विनय यादव (३२०), रम्भा मिश्र (३१७), अनिता देवी रौनियार (३०३), मालती कुमार कुशवाहा (२९७) र राजु गिरी (२८८) निर्वाचित भएका छन्।

बर्दियाबाट दीपिका यादव (३४४) र बाँकेबाट विष्णु प्रसाद यादव (३४०) निर्वाचित भएका छन्।

बाराबाट शिवनाथ प्रसाद पटेल (३९१), सन्तोष प्रसाद पटेल (३८२), बिजय गुप्ता (३५१), सुरेश प्रसाद (३३२) र गजानन्द प्रसाद यादव (३०३) निर्वाचित भएका छन्।

महोत्तरीबाट बीरेन्द्र कुमार मण्डल (४३१), फुलचन कुमार मुखिया (३४८), सन्त बहादुर साह (३११) र कौशलेन्द्र गिरी (२९८) निर्वाचित भएका छन्।

मोरङबाट बिरेन्द्र कुमार मण्डल (२५५) तथा रुपन्देहीबाट निलु कुमारी चौधरी (३३३), शिवचरण केवट (२९८) र नीलम पासवान (२९०) निर्वाचित भएका छन्।

रौतहटबाट रामलाल राय यादव (३४१), डा. रामशंकर ठाकुर (३११), ब्रजकिशोर राय यादव (३०३) र मो. असदुल्लाह (२४७) निर्वाचित भएका छन्।

सप्तरीबाट महेश प्रसाद यादव (४८२), शम्भु कुमार साह (४५२), थानेश्वर प्रसाद साह (३४८), मन्जु कुमारी चौधरी (३१२) र संजय कुमार यादव (३११) निर्वाचित भएका छन्।

सर्लाहीबाट सुबोध कुमार मण्डल (३५०) र श्रीचन राय यादव (३२२), सिरहाबाट गोपाल प्रसाद यादव (३७५), रंजित कुमार साह (२८६), जागेश्वर साह तेली (२८५), विनोद कुमार यादव (२८१) र प्रदिप कुमार महतो (२७७) तथा सुनसरीबाट आशा कुमारी मेहता (३२०) निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार केही उम्मेदवारले आवश्यक २० प्रतिशत मतको थ्रेसहोल्ड पार गर्न सकेनन् भने केही उम्मेदवार जिल्ला कोटा सीमित भएका कारण निर्वाचित हुन सकेनन्।

महाधिवेशनको निर्वाचनमा कुल १ हजार १२६ मत खसेको र सबै मत सदर भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

831646165_1652832582869603_8766072757288830829_n-1791107171.jpg

833138865_1652832522869609_2121266275238446692_n-1791107171.jpg

834131797_1652832626202932_3755682788515847501_n-1791107172.jpg

834238358_1652832556202939_8432380014774822204_n-1791107172.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी

गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन्।
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : खड्गे

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : खड्गे

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रका लागि लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन्।
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना

कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न मुलुकका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्।
कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको पार्टी भएको बताएका छन्।