नेभिगेशन
समाज

महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिएर पुस्तान्तरण गर्छ : महामन्त्री घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५औँ महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेसले राष्ट्र र जनतालाई राजनीतिको केन्द्रमा राखेर नयाँ चरणमा प्रवेश गर्ने बताए।

Ncell
Extreme Energy

‘कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ। नेपाली राजनीतिलाई नयाँ चरणमा लैजान्छौँ,’ उनले भने।

उनले मुलुकलाई स्पष्ट दिशा दिन महाधिवेशनबाट नयाँ नीति र कार्यक्रम ल्याइने बताए। बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसलाई नयाँ ढंगले अघि बढाउनुपर्ने उनको भनाइ थियो।

‘बीपी कोइरालाको सपना सार्थक बनाउनु छ। देश र जनतालाई समुन्नत, खुसी र समृद्ध बनाउन, राष्ट्रको प्रतिष्ठा बढाउन कांग्रेस चाहन्छ,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनताले कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार नगर्ने बताएका छन्।
देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी

गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन्।
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : खड्गे

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : खड्गे

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रका लागि लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन्।

भर्खरै