नेभिगेशन
समाज

१५औँ महाधिवेशन आत्मसमीक्षा र भविष्य तय गर्ने थलो बन्नुपर्छ : भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशन वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको बाटो तय गर्ने थलो बन्नुपर्ने बताएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेको कांग्रेसले अहिले आफू कहाँ छ भन्ने समीक्षा गर्नुपर्ने बताइन्।

Ncell
Extreme Energy

‘२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोका रूपमा यो महाधिवेशन हुन गइरहेको छ,’ उनले भनिन्।

भुसालले महाधिवेशन पद व्यवस्थापन र नेतृत्व चयनमा मात्रै सीमित हुन नहुने बताइन्। लोकतन्त्र र कांग्रेसमा विश्वास गर्ने सबैले पार्टीको वर्तमान अवस्थाबारे आत्मसमीक्षा गर्ने अवसरका रूपमा महाधिवेशनलाई लिनुपर्ने उनको भनाइ छ।

‘यो महाधिवेशन पद व्यवस्थापन गर्नका लागि मात्र भइराखेको छैन। कांग्रेसका नेता र कार्यकर्ता मात्रै होइन, लोकतन्त्रमा र कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलो बन्नुपर्छ,’ उनले भनिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनताले कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार नगर्ने बताएका छन्।
देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी

गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन्।
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : खड्गे

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : खड्गे

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रका लागि लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन्।

भर्खरै