नेभिगेशन
समाज

दाउन्ने बस दुर्घटनाः मामा–भान्जाको निधनले एलगाउँ शोकमग्न

राँझा (बाँके) । दसैँको पूर्वसन्ध्यामा दाउन्नेमा भएको बस दुर्घटनामा एकै गाउँका मामा–भान्जाको मृत्यु भएपछि बाँकेको खजुरा गाउँपालिका–२ एलगाउँ शोकमा डुबेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।

Ncell
Extreme Energy

दुर्घटनामा खजुरा गाउँपालिका–२ का ३६ वर्षीय बस चालक सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको थियो।

मृतकमध्ये सुरेश र एकेन्द्र सहोदर मामा–भान्जा हुन्। एलगाउँका स्थायी बासिन्दा एकेन्द्र पछिल्लो समय कोहलपुरमा बस्दै आएका थिए।

स्थानीय भीम ओलीका अनुसार मामा र भान्जा दुवै बस चालक थिए। शनिबार भने भान्जा सुरेशलाई साथ दिन एकेन्द्र पनि बसमा सँगै गएका थिए।

“सोच्दै नसोचेको, कल्पनासमेत नगरेको यो दुःखद खबरले हामी स्तब्ध भएका छौँ,” ओलीले भने, “मामा एकेन्द्रराज रेग्मी र भाइ सुरेश बिसीको असामयिक निधनले पूरै परिवार र सिङ्गो गाउँ नै शोकमा डुबेको छ।”

मृतक मामा–भान्जाको स्थानीय मानखोला घाटमा दाहसंस्कार गरिएको छ।

खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले दसैँको मुखमा भएको दुर्घटनामा मानवीय क्षति भएपछि आफन्तसँगै समग्र जिल्लावासी पनि शोकमा रहेको बताए। उनका अनुसार २४ घण्टाको अन्तरालमा खजुरा गाउँपालिकाका दुई बस चालकले सडक दुर्घटनामा ज्यान गुमाएका छन्।

शुक्रबार काठमाडौंबाट बर्दियातर्फ आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा खजुरा गाउँपालिका–५ का ३४ वर्षीय बस चालक सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको थियो।

यता दाउन्ने दुर्घटनामा मृत्यु भएका कृष कनौजिया र दीपेन्द्र केसीका परिवार तथा आफन्त पनि शोकमा छन्।

कोहलपुर नगरपालिका–३ का वडाध्यक्ष माधव रिजालले दसैँको मुखमा वडाका युवा गुमाउनुपर्दा दुःख लागेको बताए। “दसैँको मुखमा वडावासी युवालाई गुमाउनुपर्दा निकै नरमाइलो महसुस भइरहेको छ,” उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्ने समय आएको छ : शंकर पोखरेल

कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्ने समय आएको छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्नुपर्ने समय आएको बताएका छन्।
वर्तमान व्यवस्था र संविधानका कमजोरी सुधारेर अघि बढ्नुपर्छ– राजेन्द्र लिङ्देन

वर्तमान व्यवस्था र संविधानका कमजोरी सुधारेर अघि बढ्नुपर्छ– राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्।
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनताले कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार नगर्ने बताएका छन्।
देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

भर्खरै