नेभिगेशन
समाज

बाढीले डुबाएको घर सफा गर्दै ८४ वर्षीय दक्षिण कोरियाली स्वयंसेवक

नुवाकोट । विपद्का बेला मानवीय सहयोगका लागि भौगोलिक सीमा बाधक बन्दैन भन्ने सन्देश दिँदै दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटमा घर तथा बस्ती सरसफाइको काम गरिरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत साता नेपाल आइपुगेको आठ सदस्यीय दक्षिण कोरियाली टोलीले विदुर नगरपालिका–१ ढुङ्गे बजारका बाढी प्रभावित घर सफा गरिरहेको हो। टोलीले १० दिनसम्म स्थानीय प्रशासनको अनुमति लिएर मजदुरसरह खटिँदै घरभित्र पुरिएको माटो निकाल्ने, ढुंगा हटाउने, भाँचिएका बिम तथा काठ पन्छाउनेलगायत काम गरिरहेको छ।

Ncell
Extreme Energy

विदुर–१ का वडाध्यक्ष लेनिन रञ्जितले दिएको अनुमतिपत्रको प्रतिलिपि सरसफाइ भइरहेको घरको अगाडि टाँसेर टोलीले चर्को घाममा समेत काम गरिरहेको छ।

टोलीमा लि खाङ उको नेतृत्वमा लि चाइ जुङ, नम हा जिन, सिन जेउङ हुन, किम हो योङ, योन हु योङ, किम साङ कि र लि योङ चोयल सहभागी छन्। टोलीका सदस्य किम साङ कि ८४ वर्षका छन्।

बुढ्यौली उमेरमा समेत टाढाको देशमा आएर बाढी प्रभावितको घर सफा गरिरहेका स्वयंसेवकलाई देखेर स्थानीयवासीसमेत प्रभावित भएका छन्। उनीहरूको सेवाले आफूहरूलाई पनि प्रभावित बस्तीको पुनःस्थापनामा जुट्न प्रेरणा मिलेको स्थानीयको भनाइ छ।

‘विपद्मा परेको समुदायलाई अर्को समुदायले साथ दिनुपर्छ’

‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल’ र ‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३५४ डी कोरिया’को संयुक्त आयोजनामा ‘९११ सर्च एन्ड रेस्क्यु’ टोली नेपाल आएको हो।

टोली नेता लि खाङ उले विपद्मा परेको एउटा समुदायलाई अर्को समुदायले मानवीय सहयोग गर्नुपर्ने भावनाका साथ आफूहरू नेपाल आएको बताए।

“विपद्को समयमा प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग गर्नुका साथै सामूहिक प्रयासबाट पुनरुत्थान सम्भव छ भन्ने सन्देश दिन हामी नेपाल आएका हौँ,” उनले भने।

उनका अनुसार यसअघि नेपालमा गएको विनाशकारी भूकम्पका बेला पनि टोली उद्धार तथा राहत कार्यमा सहभागी भएको थियो। ‘९११ सर्च एन्ड रेस्क्यु’ टोलीले हालसम्म विश्वका ५४ भन्दा बढी मुलुकमा पुगेर विभिन्न विपद्मा उद्धार तथा विपद् व्यवस्थापनसम्बन्धी काम गरिसकेको छ।

नेपाल र दक्षिण कोरियाका लायन्स क्लबबीच कायम भगिनी सम्बन्धका आधारमा संयुक्त उद्धार तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठले दुई देशका लायन्सबीचको सम्बन्धलाई मानवीय सेवामा रूपान्तरण गर्न अभियानले महत्वपूर्ण भूमिका खेलेको बताए।

“विपद्का बेला एक देश वा समुदायलाई अर्को देश तथा समुदायले सहयोग गर्ने संस्कारले मानवीय सम्बन्ध र आपसी भाइचारालाई थप बलियो बनाउँछ,” उनले भने।

दश दिने सेवा कार्यक्रमका लागि नेपाल आएको टोली अक्टोबर ७ मा स्वदेश फर्किने टोलीका भाषा अनुवादक अनुपजङ्ग बस्नेतले जानकारी दिए।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटका देवीघाट, ढुङ्गे, त्रिशूलीलगायत क्षेत्रमा भग्नावशेष हटाउन विभिन्न निकायले एक्स्काभेटर, ब्याकहो लोडर, टिप्परलगायत उपकरण र जनशक्ति परिचालन गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको छ भने ५ हजार ७४५ जना बेपत्ता छन्। बाढीका कारण हजारौँ घरसमेत बगेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्ने समय आएको छ : शंकर पोखरेल

कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्ने समय आएको छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्नुपर्ने समय आएको बताएका छन्।
वर्तमान व्यवस्था र संविधानका कमजोरी सुधारेर अघि बढ्नुपर्छ– राजेन्द्र लिङ्देन

वर्तमान व्यवस्था र संविधानका कमजोरी सुधारेर अघि बढ्नुपर्छ– राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्।
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनताले कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार नगर्ने बताएका छन्।
देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

भर्खरै