नेभिगेशन
समाज

कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न मुलुकका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनको सफलताको शुभकामना दिनेमा भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गे छन्।

Ncell
Extreme Energy

त्यस्तै, चिनियाँ कम्युनिष्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि कांग्रेसको महाधिवेशन सफलताको शुभकामना दिएका छन्।

एसिया र युरोपका विभिन्न राजनीतिक दल तथा संस्थाले पनि कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना पठाएका छन्। इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टिज (आइक्याप) स्ट्यान्डिङ कमिटी, बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान तथा बेलायतको लेबर पार्टीले पनि शुभकामना दिएका छन्।

कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित आइतबारदेखि १५औँ महाधिवेशन सुरु गरेको हो।

महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्ने समय आएको छ : शंकर पोखरेल

कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्ने समय आएको छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्नुपर्ने समय आएको बताएका छन्।
वर्तमान व्यवस्था र संविधानका कमजोरी सुधारेर अघि बढ्नुपर्छ– राजेन्द्र लिङ्देन

वर्तमान व्यवस्था र संविधानका कमजोरी सुधारेर अघि बढ्नुपर्छ– राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्।
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनताले कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार नगर्ने बताएका छन्।
देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

भर्खरै