नेभिगेशन
समाज

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : खड्गे

काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रका लागि लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा सभापति गगनकुमार थापालाई शुभकामना सन्देश पठाउँदै खड्गेले दुई पार्टीबीचको लोकतान्त्रिक सहकार्यको स्मरण गरेका हुन्।

Marvel
Extreme Energy

उनले नेपाली कांग्रेसको महाधिवेशन संस्थापक नेता बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक स्वतन्त्रता, सामाजिक न्याय तथा लोकतान्त्रिक संस्थाको सुदृढीकरणबारे छलफल गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।

‘राष्ट्रिय महाधिवेशन वास्तवमै तपाईंका संस्थापक स्वर्गीय बीपी कोइरालाले अगाडि बढाउनुभएको लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका साथै लोकतान्त्रिक संस्थाहरूको निरन्तर सुदृढीकरणबारे विचार–विमर्श गर्ने महत्वपूर्ण अवसर हो,’ खड्गेले सन्देशमा भनेका छन्।

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको हितमा आपसी समझदारी, ऐक्यबद्धता र सहकार्यको लामो तथा घनिष्ठ इतिहास रहेको उनले उल्लेख गरेका छन्।

‘म यी सम्बन्धहरू र हाम्रा दुई पार्टी तथा दुई देशबीचको स्थायी सम्बन्धलाई उच्च मूल्य दिन्छु,’ खड्गेले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज