नेभिगेशन
समाज

शिक्षामन्त्री पोखरेल भन्छन्– दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुहोस्

कर्णाली । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै हुने भन्दै प्रतियोगिता सर्नेमा कुनै दुविधा नराख्न आग्रह गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सुर्खेतमा बसेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिताको औपचारिक उत्सव आजैदेखि सुरु भएको बताए।

Ncell
Extreme Energy

‘दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला,’ उनले भने, ‘दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो। प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो।’

उनले विगतका राष्ट्रिय खेलकुद प्रतियोगिताभन्दा प्रभावकारी ढंगले यसपटकको प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको बताए। प्रतियोगिता सफल बनाउन तीन तहका सरकारसहित सबै सरोकारवाला मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पनि आइतबारको बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा प्रत्याभूति भएको बताए।

उनले प्रतियोगिता सफलतापूर्वक आयोजना भएपछि कर्णाली प्रदेश ठूलो राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम छ भन्ने सन्देश जाने बताए। कर्णालीका धेरै जिल्लामा खेलकुदका पूर्वाधार निर्माण भइसकेको र खेलकुद मन्त्रालयको प्राविधिक टोलीले पूर्वाधारबारे अध्ययन गरिरहेको उनले जानकारी दिए।

यसैबीच, खेल संघका प्रतिनिधिहरूले दशौं राष्ट्रिय खेलकुद समयमै हुनेमा आशंका व्यक्त गरेपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले प्रतियोगिता सर्ने विषयमा शंका नगर्न आग्रह गरेका छन्।

‘यहाँ समयमा खेल हुन्छ कि हुँदैन या फेरि सर्छ कि भन्ने गुनासो सुनिन्छ। तर हामीले यसलाई एउटा फ्रेस स्टार्ट ठानेका छौँ। त्यसैले ढुक्क हुन अनुरोध गर्दछु,’ उनले भने।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि कर्णाली प्रदेशमा आयोजना गर्ने तयारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।