नेभिगेशन
समाज

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

काठमाडौं । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम पूर्वानुमानअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्नेछ। ती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

Marvel
Extreme Energy

मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा पनि मध्यमसम्मको वर्षा हुनसक्ने मौसम विभागले जनाएको छ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्यतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भाग तथा देशका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।

पश्चिमी र मनसुनी वायुको प्रभाव

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

त्यस्तै कोशी, मधेश र बागमती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेको मौसम विभागले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज