नेभिगेशन
समाज

गगनलाई अमरेशको कटाक्ष : पार्टीको जिम्मा ठग र भ्रष्टाचारीलाई सुम्पिएपछि नेताहरू बाहिरिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद  डा. अमरेशकुमार सिंहले कांग्रेसका सभापति गगनकुमार थापाको आलोचना गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसभित्र पछिल्लो समय बढेको असन्तोष र नेता-कार्यकर्ताको बहिर्गमनलाई लिएर सांसद सिंहले कांग्रेस नेतृत्व र सभापति थापामाथि गम्भीर प्रश्न उठाएका हुन् । घर झगडामा फसेको कांग्रेसमा सभापति थापाले पार्टीको १५औं महाधिवेशन गरिरहेका छन् । उनको भाषण अहिले चर्चामा छ । 

Ncell
Extreme Energy

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रास्वपा सांसद सिंहले कांग्रेसबाट निष्ठावान् नेता-कार्यकर्ताहरू रहरले नभई बाध्यताले बाहिरिएको टिप्पणी गरेका छन् । नयाँ दल वा समूहका सभापति तथा पार्टी नेतृत्वलाई सम्बोधन गर्दै उनले भनेका छन्, 'यत्तिकै पार्टी छोडेर गएका होइनन्, तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन्।' 

सांसद सिंह पहिला कांग्रेसमै थिए । कांग्रेस छोडेर स्वतन्त्र सांसद बनेका सिंह पछि रास्वपाबाट चुनाव लडेर सांसद बनेका थिए । 

सांसद सिंहले कांग्रेसले लोकतन्त्र ल्याएको इतिहासको घमण्ड गरेर मात्र वर्तमानका गल्तीहरू ढाकछोप गर्न नसकिने तर्क गरे । 'नाक फुलाएर 'लोकतन्त्र ल्याउने पार्टी' भनेर गर्व गर्नुभयो। तर प्रश्न यो हो—त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्‍याउने जिम्मेवारी कसको हो?' भन्दै उनले नेतृत्वको कार्यशैलीप्रति तिखो प्रश्न प्रहार गरेका छन् ।

इतिहासको गौरव गाएर मात्र नपुग्ने उल्लेख गर्दै सिंहले वर्तमानमा पार्टीमा आएको सर्वनाशको जिम्मेवारी पनि नेतृत्वले लिनुपर्ने बताए । 'लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैँ भत्काउने—योभन्दा ठूलो विडम्बना अरू के होला?' भन्दै उनले कटाक्ष गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस सभापतिमा उठ्नेले तिर्नुपर्छ ४० हजार उम्मेदवारी दस्तुर

कांग्रेस सभापतिमा उठ्नेले तिर्नुपर्छ ४० हजार उम्मेदवारी दस्तुर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिनेले ४० हजार रुपैयाँ उम्मेदवारी दस्तुर तिर्नुपर्ने भएको छ।
गगनले अघि सारेको कस्तो कांग्रेसको  खाका

गगनले अघि सारेको कस्तो कांग्रेसको खाका

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण अघि सारेका छन्।