नेभिगेशन
समाज

कांग्रेस महाधिवेशन : असोज २२ गते मतदान, यस्तो छ निर्वाचन तालिका

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन असोज २२ गते हुने भएको छ। निर्वाचन समितिले मतदानदेखि उम्मेदवारी दर्ता, दाबी–विरोध, नाम फिर्ता र मतगणनासम्मको निर्वाचन तालिका सार्वजनिक गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तालिकाअनुसार आज असोज १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। प्रकाशित नामावलीउपर सोही दिन बेलुका ५ बजेदेखि ६ः३० बजेसम्म दाबी–विरोध गर्न सकिनेछ।

Ncell
Extreme Energy

दाबी–विरोधमाथि बेलुका ६ः३० देखि ७ः३० बजेसम्म छानबिन हुनेछ। त्यसपछि बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

असोज २० गते उम्मेदवारी दर्ता

असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी दर्ता हुनेछ।

सोही दिन दिउँसो ४ः३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिनेछ। उम्मेदवारको दरखास्तउपर ४ः३० देखि ५ः३० बजेसम्म दाबी–विरोध गर्न सकिनेछ।

दाबी–विरोधमाथि ५ः३० देखि ६ः३० बजेसम्म छानबिन गरी बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन तालिकामा उल्लेख छ।

असोज २१ गते अन्तिम नामावली

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन वा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ।

बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि उम्मेदवारलाई प्रचारप्रसारका लागि दिनभर समय दिइनेछ।

असोज २२ गते मतदान

केन्द्रीय कार्यसमितिका लागि असोज २२ गते बिहान ७ः३० बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।

मतदान सकिएलगत्तै मतगणना सुरु गरिनेछ। मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिको तालिकामा उल्लेख छ।

तीन ठाउँमा मतदान केन्द्र

कांग्रेस महाधिवेशनको मतदान तीन स्थानमा हुने भएको छ।

राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा बागमती प्रदेशका मतदाताका लागि मतदान केन्द्र ‘क’ तोकिएको छ।

खुलामञ्चमा मतदान केन्द्र ‘ख’ रहनेछ। यहाँ कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका मतदाताले मतदान गर्नेछन्।

त्यस्तै, प्रज्ञा भवन, कमलादीमा मतदान केन्द्र ‘ग’ रहनेछ। यहाँ गण्डकी र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदानको व्यवस्था गरिएको छ।

कुन पदको मनोनयन दस्तुर कति?

निर्वाचन समितिले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गर्दा तिर्नुपर्ने मनोनयन दस्तुरसमेत तोकेको छ।

सभापति : ४० हजार रुपैयाँ

उपसभापति : ३० हजार रुपैयाँ

महामन्त्री : ३० हजार रुपैयाँ

सहमहामन्त्री : २० हजार रुपैयाँ

केन्द्रीय सदस्य : ११ हजार रुपैयाँ

यसअनुसार असोज २० गते उम्मेदवारी दर्ता, असोज २१ गते अन्तिम उम्मेदवारको टुंगो र असोज २२ गते मतदान तथा त्यसपछि मतगणना हुने गरी कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

बेलायतको ग्लॉस्टरशायरस्थित आरएएफ फेयरफोर्ड सैन्य अखडा नजिकै आतंकवादी आक्रमणको सम्भावित प्रयास र सुरक्षा जोखिम बढेपछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै 'बी-१' बमवर्षक (बोम्बर) विमानहरू फिर्ता लगेको छ ।
कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

नेल्सन मण्डेला 'सत्यनिष्ठा, नैतिकता, निरन्तरता, निस्वार्थता, लोकतान्त्रिक चरित्र र सामञ्जस्यता' जस्ता सात गुण नेतृत्वमा हुनुपर्ने दृष्टिकोण राख्दछन्। आजका दिनमा हामीले एउटै नेतामा विरलै यति गुण भेट्न सक्छौँ। तर...
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीकाे नादि अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने...