नेभिगेशन
समाज

बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र, यसै साता सञ्चालनमा ल्याउने लक्ष्य

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण बाढीपहिरोले क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड मर्मत तीव्र पारिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमावर्ती कोरला नाका जोड्ने २०२ किलोमिटर लामो सडक असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोका कारण ५० भन्दा बढी स्थानमा अवरुद्ध भएको थियो। तीमध्ये १० स्थानमा कालीगण्डकी नदीले सडक कटान गरेर बगाएको र भत्काएको छ।

Ncell
Extreme Energy

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्मको करिब १२ किलोमिटर सडक खण्डमा आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न सकिने गरी मर्मत भइरहेको छ।

“वर्षा रोकिनेबित्तिकै असोज १२ गतेदेखि नै कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग–तातोपानीसम्म दुई दिनमै मर्मत गरेका थियौँ,” शर्माले भने, “मालढुङ्गातर्फबाट बेनी–बैसरी हुँदै कुनौटासम्मको करिब २५ किलोमिटर सडक सोमबार साँझसम्म मर्मत सकिएको छ।”

कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ। सडक कटान भएपछि पैदल आवतजावतसमेत कठिन बनेको यो क्षेत्र मर्मतका लागि चुनौतीपूर्ण मानिएको छ।

सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा सडक कटान भएपछि वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने अवस्था आएको थियो। त्यससँगै मर्मतका लागि आवश्यक इन्धन व्यवस्थापन पनि चुनौती बनेको थियो।

राहुघाट विद्युत्गृह अगाडिको सडक खुलाउने काम सकिएको र नेपाली सेना, स्वयंसेवक तथा ड्रोनको सहयोगमा इन्धन ढुवानी गरिएपछि मर्मतमा सहज भएको आयोजनाले जनाएको छ।

“कुनौटाभन्दा माथि सडक मर्मतका लागि आवश्यक इन्धन मानिसले बोकेर लैजान सम्भव नभएपछि सोमबार नेपाली सेनाको टोली र ड्रोनको सहायतामा पहिरो तारेका छौँ,” शर्माले भने, “छ पटकको उडानबाट ४०० लिटर डिजेल कटान क्षेत्र पार गराइएपछि कुनौटाभन्दा माथि पनि सडक मर्मतमा सहज भएको छ।”

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र रातोपानीमा सडकको नयाँ ट्र्याक खोल्ने तथा महभिर र भिरकाटे खण्डमा मर्मतको काम भइरहेको छ। अन्नपूर्ण–६ रातोपानीमा दुई ठाउँमा गरी करिब २५० मिटर सडक कटान भएको स्थानमा नयाँ ट्र्याक खोलिएको छ। पोखरेबगरस्थित कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणका लागि मजदुर परिचालन गरिएको छ।

सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहितको जनशक्ति परिचालन गरेर काम तीव्र पारिएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए।

“सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उनले भने, “यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ।”

रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको सुवेदीले बताए। उनका अनुसार कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ।

मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको छ। दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिँदै छ। पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौंः परराष्ट्रमन्त्री खनाल

नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौंः परराष्ट्रमन्त्री खनाल

नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले एक–अर्कालाई बधाई सन्देश आदानप्रदान गरेका छन् ।
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच के भयो कुराकानी ?

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच के भयो कुराकानी ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता आज, कुन कुन पदमा हुँदैछ चुनाव ?

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता आज, कुन कुन पदमा हुँदैछ चुनाव ?

नेपाली कांग्रेसको  १५औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । उम्मेदवारीका लागि राष्ट्रिय सभागृहमा निर्वाचन समितिको कार्यालय सञ्चालन गरिँदैछ ।