नेभिगेशन
समाज

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता आज, कुन कुन पदमा हुँदैछ चुनाव ?

काठमाडौँ । नेपाली कांग्रेसको  १५औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । उम्मेदवारीका लागि राष्ट्रिय सभागृहमा निर्वाचन समितिको कार्यालय सञ्चालन गरिँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान १० बजेदेखि उम्मेदवारी फारम वितरण गरिने र दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । 

Ncell
Extreme Energy

उनकाअनुसार महाधिवेशनअन्तर्गत विभिन्न पदमा हुने मतदानमा ७ हजार भन्दा बढी मतदाता (महाधिवेशन प्रतिनिधि) हुनेछन् । 

आज निर्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र पनि चल्ने कांग्रेसले जनाएको छ । 

भोलि २१ गते दिनभरि बन्द सत्र र प्रचारप्रसार समानान्तर रुपमा हुनेछ । 

२२ गते खुल्ला मञ्च, प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभागृहमा मतदान हुनेछ ।  त्यसपछि सानेपा केन्द्रीय कार्यालयमा लगेर मतगणना गरिने कार्यक्रम छ । 

नेपाली कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय पुगेको छ । मनोनीत पदबाहेक सबैमा चुनाव हुने सम्भावना छ । 

सभापति गगन थापालाई किशोरसिंह राठोरले चुनौती दिँदैछन् । 

केन्द्रीय कार्यसमितिमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ । 

त्यस्तै महामन्त्री ३ जना रहने छन् । जसमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै सहमहामन्त्रीमा १५ जना रहने छन् । कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एक जना सभापतिले मनोनीत गर्नेछन् । 

प्रवक्ता एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन् । 

केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहने छन् । महिला खुलामा १५  जना हुनेछन् । हरेक प्रदेशबाट एक महिलासहित चार जना हुनेछन् । 

साथै उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ । त्यस्तै दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन् । 

जनजातितर्फ ८ महिलासहित २० जना हुनेछन् भने खस आर्यबाट ८ महिलासहित १८ जना हुनेछन् । 

मधेसीतर्फ पाँच महिलासहित १३ जना हुनेछन् । त्यस्तै जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना हुनेछन् । पिछडिएको बर्गबाट ३ जना हुनेछन् । 

थारूबाट २ महिलासहित ६ जना रहेका छन् । श्रमिकबाट १ महिलासहित ३ जना, पेशागत विज्ञबाट दुई महिलासहित ७ जना रहेका छन् । 

साथै सातै प्रदेशबाट २१ जना ३५ वर्ष मुनिका युवा रहने छन् । त्यस्तै अपाङ्गता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना हुनेछन् । केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनित गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौंः परराष्ट्रमन्त्री खनाल

नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौंः परराष्ट्रमन्त्री खनाल

नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले एक–अर्कालाई बधाई सन्देश आदानप्रदान गरेका छन् ।
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच के भयो कुराकानी ?

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच के भयो कुराकानी ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
संकटमा कछुवाको अस्तित्व

संकटमा कछुवाको अस्तित्व