नेभिगेशन
समाज

नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौंः परराष्ट्रमन्त्री खनाल

नेपाल–ब्राजिलबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा

काठमाडौँ । नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले एक–अर्कालाई बधाई सन्देश आदानप्रदान गरेका छन् । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र ब्राजिलका विदेशमन्त्री माउरो भिएराले कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश आदानप्रदान गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ब्रासिलियास्थित नेपाली दूतावासका अनुसार उक्त अवसरमा दुवै मन्त्रीहरूले सन्देश आदानप्रदानका क्रममा नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै, आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र गहिरो बनाउँदै लैजानेमा दुवै मन्त्रीहरूले जोड दिएका छन् । नेपालको परराष्ट्र मन्त्रालय र ब्राजिलको विदेश मन्त्रालयले द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को आगामी बैठकको तयारी गरिरहेका छन् । उक्त बैठक नेपाल सरकारले काठमाडौंमा आयोजना गर्नेछ । दुवै मन्त्रीहरूले दुई देशका राजधानीमा रहेका कूटनीतिक नियोगहरूले साझा एजेन्डा अघि बढाउन खेलेको भूमिकाको समेत प्रशंसा गरेका थिए ।

Ncell
Extreme Energy

आफ्नो सन्देशमा परराष्ट्रमन्त्री खनालले ब्राजिलले सामाजिक तथा आर्थिक क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै जलवायु परिवर्तनको एजेन्डामा ब्राजिलले देखाएको नेतृत्वको सराहना गरेका छन् । उनले ग्लोबल साउथको आवाजलाई बलियो बनाउन ब्राजिलले खेलेको भूमिकाको समेत प्रशंसा गरेका हुन् ।

मन्त्री खनालले नेपाल र ब्राजिलबीच द्विपक्षीय तथा बहुपक्षीय दुवै मञ्चमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । उनले जलवायु अनुकूलन तथा उत्थानशीलता, दिगो विकास, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्‍याउँछौं ।’

ब्राजिलका विदेशमन्त्री माउरो भिएराले पनि नेपाल र ब्राजिलबीच मित्रता, पारस्परिक विश्वास तथा साझा मूल्यमा आधारित बलियो साझेदारी रहेको बताएका छन् । उनले दुई देशबीच द्विपक्षीय सहकार्य सुदृढ हुँदै गएकोमा सन्तोष व्यक्त गरेका हुन् । भिएराले नेपालको दुग्ध क्षेत्रमा ब्राजिलको सहयोगमा सञ्चालन भइरहेको विकास परियोजनालाई दुई देशबीचको सहकार्यको उदाहरणका रूपमा उल्लेख गरेका छन् । ब्राजिलको सहयोग एजेन्सीको समर्थनमा उक्त परियोजना अघि बढिरहेको छ ।

उनले नेपाल र ब्राजिल ग्लोबल साउथका सक्रिय आवाज भएको उल्लेख गर्दै बहुपक्षीयता, न्यायपूर्ण तथा शान्तिपूर्ण अन्तर्राष्ट्रिय व्यवस्था र जलवायु कार्यका लागि दुवै देश प्रतिबद्ध रहेको बताएका थिए । नेपाल र ब्राजिलबीच सन् १९७६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले सन् २०१० मा ब्राजिलको राजधानी ब्रासिलियामा आवासीय दूतावास स्थापना गरेको थियो । उक्त दूतावास ल्याटिन अमेरिकामा नेपालको एक मात्र कूटनीतिक नियोग हो ।

त्यसको एक वर्षपछि ब्राजिलले काठमाडौंमा आफ्नो आवासीय दूतावास स्थापना गरेको थियो । काठमाडौंमा रहेको ब्राजिलको दूतावास पनि नेपालमा रहेको एक मात्र ल्याटिन अमेरिकी कूटनीतिक नियोग हो । द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) दुई देशबीचका द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय विषयमा छलफल गर्ने महत्वपूर्ण मञ्च हो । यसको पछिल्लो बैठक सन् २०१८ मा ब्रासिलियामा भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फ्लाई दुबईका को-पाइलटले यसअघि पनि बनाएका थिए विमान हाईज्याकको योजना, छानविनमा अर्को नयाँ तथ्य सार्वजनिक

फ्लाई दुबईका को-पाइलटले यसअघि पनि बनाएका थिए विमान हाईज्याकको योजना, छानविनमा अर्को नयाँ तथ्य सार्वजनिक

फ्लाई दुबई जहाजका को-पाइलटले विमान अपहरण (हाईज्याक) गरी तेल अवीवको बेन गुरियन विमानस्थल वा सहरको कुनै अग्लो भवनमा ठोक्काउने योजना बनाएको खुलासा भएको छ ।
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच के भयो कुराकानी ?

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच के भयो कुराकानी ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता आज, कुन कुन पदमा हुँदैछ चुनाव ?

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता आज, कुन कुन पदमा हुँदैछ चुनाव ?

नेपाली कांग्रेसको  १५औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । उम्मेदवारीका लागि राष्ट्रिय सभागृहमा निर्वाचन समितिको कार्यालय सञ्चालन गरिँदैछ ।