नेभिगेशन
समाज

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार २५ जना यात्रु र सात जना चालक दलका सदस्य सवार रहेको उक्त सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको नौसैनिक आधार नजिक दुर्घटनाग्रस्त भएको हो ।

Ncell
Extreme Energy

राष्ट्रपति टिनुबुले जारी गरेको छुट्टै विज्ञप्तिमा यो सशस्त्र बल तथा सम्पूर्ण राष्ट्रका लागि अत्यन्तै दुःखद् क्षण भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएका वायुसेनाका सदस्यहरूको बलिदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरेका छन् ।

नाइजेरियाली वायुसेनाका अनुसार सुरुमा हेलिकोप्टर भएको अनुमान गरिएको उक्त विमान दुई इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ । उक्त विमान दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ नियमित उडानमा रहेका बेला दुर्घटनामा परेको हो ।

राष्ट्रपति टिनुबुले दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्नुभएकोमा वायुसेनाको प्रशंसा गरेका छन् । सिन्ह्वा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु न्यायको आवाज सशक्त बनाउनुपर्नेमा जोड

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु न्यायको आवाज सशक्त बनाउनुपर्नेमा जोड

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) को आगामी ३१औं सम्मेलन (काेप-३१) को पूर्वसन्ध्यामा टुभालुको राजधानी फुनाफुतीमा आयोजित उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता व्यवस्थित गरिँदै

विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता व्यवस्थित गरिँदै

नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको र आगामी वर्षहरूमा आन्तरिक खपतसँगै अतिरिक्त विद्युत्का लागि नयाँ बजार आवश्यक हुने अवस्थामा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्दै लैजाने...
फ्लाइदुबई हमलामा इरान जिम्मेवार छ : ट्रम्प

फ्लाइदुबई हमलामा इरान जिम्मेवार छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै विफल पारिएको 'फ्लाइ दुबई' एयरलाइन्सको आतङ्ककारी हमलाका लागि इरान नै जिम्मेवार रहेको आफ्नो व्यक्तिगत विश्वास रहेको बताएका छन् ।
फ्लाई दुबईका को-पाइलटले यसअघि पनि बनाएका थिए विमान हाईज्याकको योजना, छानविनमा अर्को नयाँ तथ्य सार्वजनिक

फ्लाई दुबईका को-पाइलटले यसअघि पनि बनाएका थिए विमान हाईज्याकको योजना, छानविनमा अर्को नयाँ तथ्य सार्वजनिक

फ्लाई दुबई जहाजका को-पाइलटले विमान अपहरण (हाईज्याक) गरी तेल अवीवको बेन गुरियन विमानस्थल वा सहरको कुनै अग्लो भवनमा ठोक्काउने योजना बनाएको खुलासा भएको छ ।