नेभिगेशन
समाज

कांग्रेसको उम्मेदवारी दर्ता शुरू हुँदै, सात ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । सात हजार ११४ महाधिवेशन  प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्दैछ । निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारका लागि मनोनयन दर्ता फारम वितरण हुँदैछ । 

Ncell
Extreme Energy

महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएर रसिद लिइ उम्मेदवारी दर्ता गर्न सकिने छ । 

त्यस्तै दिउँसो साढे १२ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु‍र्‍याएको छ ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पु‍र्‍याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ । 

दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यक्ताका आधारमा सहप्रवक्ताको संख्या अझै थप हुने पार्टीले बताएको छ ।

यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी संख्या १४ थियो ।
 
यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्या पनि बढाइएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गृहमन्त्री गुरुङको चेतावनी, 'राज्यको संवेदनशील सूचना चुहाउनेलाई कडा कारबाही हुन्छ'

गृहमन्त्री गुरुङको चेतावनी, 'राज्यको संवेदनशील सूचना चुहाउनेलाई कडा कारबाही हुन्छ'

गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत कुनै पनि पदाधिकारी वा कर्मचारीले राज्यको संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाएमा कडा कारबाही गरिने चेतावनी दिएका छन्...
रास्वपा जिल्ला पार्टी कार्यालयमा जब पहिलोपटक संघीय मन्त्री पुगे...

रास्वपा जिल्ला पार्टी कार्यालयमा जब पहिलोपटक संघीय मन्त्री पुगे...

नेपाली राजनीतिमा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुईतिहाइ मतसहित सरकार चलाइरहेको छ । रास्वपाको देशव्यापी संगठन विस्तार भइरहेको छ । ७७ वटै जिल्लामा पार्टी कार्यालय स्थापना...
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु न्यायको आवाज सशक्त बनाउनुपर्नेमा जोड

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु न्यायको आवाज सशक्त बनाउनुपर्नेमा जोड

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) को आगामी ३१औं सम्मेलन (काेप-३१) को पूर्वसन्ध्यामा टुभालुको राजधानी फुनाफुतीमा आयोजित उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

भर्खरै