नेभिगेशन
समाज

कांग्रेस सभापतिमा उम्मेदवारी दिने राठौरको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै राठौरले कांग्रेसलाई एकताबद्ध बनाउन आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले कांग्रेसभित्र विभाजन बढेको उल्लेख गर्दै आगामी स्थानीय र प्रदेश निर्वाचनमा त्यसको प्रभाव देखिन सक्ने बताए । राठौरले पार्टीका नेता तथा कार्यकर्तालाई न्याय दिलाउने आफ्नो प्राथमिकता रहेको भन्दै देशभरका कांग्रेस कार्यकर्तालाई समान व्यवहार र अवसर सुनिश्चित गर्ने दाबी गरे । 

Ncell
Extreme Energy

कांग्रेसका पूर्वसहमहामन्त्री राठौरले कांग्रेसभित्र बढेको अराजकता अन्त्य गरी पार्टीलाई मर्यादित बनाउने समेत दाबी गरे । 

बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले स्थापित गरेको कांग्रेसको राजनीतिक मर्यादालाई पुनःस्थापित गर्ने उद्देश्यले आफूले सभापतिमा उम्मेदवारी दिन लागेको उनको भनाइ थियो । 

राठौर यसअघिको विशेष महाधिवेशनमा भने सहभागी भएका थिएनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेस महाधिवेशनः एकातिर उम्मेदवारी दर्ता, अर्कातिर   बन्दसत्र

कांग्रेस महाधिवेशनः एकातिर उम्मेदवारी दर्ता, अर्कातिर   बन्दसत्र

आकर्षण निर्वाचनतर्फ भइरहँदा खुलामञ्चमा चहलपहल कम छ ।