नेभिगेशन
समाज

जसपा नेपालको केन्द्रीय समिति बैठक असोज २१ देखि

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार बैठक असोज २१ देखि २३ गतेसम्म ललितपुरस्थित ज्यापू समाज यलमा बस्नेछ।

Ncell
Extreme Energy

बैठकमा राजनीतिक प्रतिवेदन, आगामी राजनीतिक तथा सङ्गठनात्मक कार्यक्रम र कार्ययोजनामाथि छलफल हुने बस्नेतले जानकारी दिए।

त्यसैगरी केन्द्रीय समिति सदस्यहरूको कार्यविभाजन, पार्टीका विभिन्न विभाग गठन तथा समसामयिक राजनीतिक र सङ्गठनात्मक विषयमा पनि छलफल हुने बताइएको छ।

२६९ सदस्यीय समायोजित केन्द्रीय समिति रहेको जसपा नेपालले पार्टीका पदाधिकारी, कार्यकारिणी समिति सदस्य तथा केन्द्रीय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

कांग्रेस महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। छलफल भोलि बिहान पुनः सञ्चालन हुने भएको छ।
एमालेमा ओलीको कडा निर्देशन– अब सार्वजनिक आलोचना र गुटबन्दी गरे सिधै कारबाही

एमालेमा ओलीको कडा निर्देशन– अब सार्वजनिक आलोचना र गुटबन्दी गरे सिधै कारबाही

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गर्न कडा निर्देशन दिएका छन्।