नेभिगेशन
समाज

राष्ट्रिय जनता पार्टी नेपाल जसपा नेपालमा समाहित हुने

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले जनता समाजवादी पार्टी, नेपालमा समाहित हुने निर्णय गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक उपलब्धि हासिल गर्न सशक्त राजनीतिक पार्टीको आवश्यकता रहेको निष्कर्षसहित राष्ट्रिय जनता पार्टी नेपालले जसपा नेपालमा समाहित हुने निर्णय गरेको हो।

Marvel
Extreme Energy

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका संरक्षक हरिनारायण यादवले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उक्त निर्णयबारे जानकारी गराइएको छ।

विज्ञप्तिमा अधिकार प्राप्तिका विभिन्न आन्दोलन तथा संघीयता र पहिचान पक्षधर राजनीतिक शक्तिहरूबीच एकीकरण गर्ने जसपा नेपालको लक्ष्य प्राप्तिका दिशामा राष्ट्रिय जनता पार्टी नेपालले गरेको निर्णय महत्वपूर्ण योगदानका रूपमा लिइएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक उपलब्धि हासिल गर्न सशक्त राजनीतिक पार्टीको आवश्यकता रहेको बोध गर्दै राष्ट्रिय जनता पार्टी नेपालले जनता समाजवादी पार्टी, नेपालमा समाहित हुने निर्णय गरेको व्यहोरा सहर्ष जानकारी गराउँदछौँ।”

जसपा नेपालका अध्यक्ष यादव र राष्ट्रिय जनता पार्टी नेपालका संरक्षक यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा समाहित हुने निर्णयको मिति भने उल्लेख गरिएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज