नेभिगेशन
समाज

एमालेले तोक्यो विद्या भण्डारीको तीन भूमिका

काठमाडौं ।  नेकपा एमालेले अध्यक्षपछिको दोस्रो वरीयतामा रहने वरिष्ठ नेताको पद र जिम्मेवारीसम्बन्धी व्यवस्था गरेको छ। यही व्यवस्थाअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयताको वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरिएको एमालेले अन्तरपार्टी निर्देशन (अपानि)मार्फत बताएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले वरिष्ठ नेताको अधिकार र कर्तव्य तोक्दै उनलाई केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुने व्यवस्था गरेको छ। वरिष्ठ नेताले अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीलाई सही एवं समयोचित निर्णय गर्न योगदान गर्ने जिम्मेवारी पाउनेछन्।

Ncell
Extreme Energy

विधानमा गरिएको व्यवस्थाअनुसार वरिष्ठ नेताले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्नुपर्नेछ। साथै, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यसमेत गर्नुपर्नेछ।
भण्डारीलाई वरिष्ठ नेता मनोनित गर्ने निर्णयलाई एमालेको आगामी विधान महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गरिने भएको छ।
एमालेको विधानमा वरिष्ठ नेताको व्यवस्था छैन। गत केन्द्रीय कमिटी बैठकले विधानको बाधा अड्काउ फुकाउको प्रावधानमा टेकेर उनलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।