नेभिगेशन
समाज

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा पनि महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार दिउँसो उम्मेदवारी दर्ता गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पौडेल गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए। विशेष महाधिवेशनबाट महामन्त्रीमा पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका थिए।

Ncell
Extreme Energy

यसपटक पनि महामन्त्रीमै दोहोरिने तयारीमा रहेका पौडेलले १५औँ महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिमा आफूलाई महामन्त्रीकै भूमिकामा प्रस्तुत गरेका हुन्। पौडेलले यसअघि नै सभापति गगन थापाको नेतृत्वमा कांग्रेसलाई परिवर्तन गर्ने प्रयासमा आफू महामन्त्रीकै जिम्मेवारीमा रहेर अघि बढ्न चाहेको बताएका थिए।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ। महामन्त्री पदमा यसपटक दुई जना निर्वाचित हुने व्यवस्था छ।

पौडेल १४औँ महाधिवेशनमा पनि महामन्त्री पदका उम्मेदवार थिए। त्यसबेला उनी पराजित भएका थिए। विशेष महाधिवेशनबाट भने उनी पहिलोपटक महामन्त्री निर्वाचित भएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।