नेभिगेशन
समाज

एमालेमा ओलीको कडा निर्देशन– अब सार्वजनिक आलोचना र गुटबन्दी गरे सिधै कारबाही

काठमाडौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गर्न कडा निर्देशन दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओलीको प्रस्तावअनुसार केन्द्रीय कमिटी बैठकले पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना वा विरोध गर्ने, गुटबन्दी गर्ने तथा अराजक र अनुशासनहीन गतिविधि गर्ने प्रवृत्तिमा रोक लगाउने निर्णय गरेको अन्तरपार्टी निर्देशन अपानिमार्फत जानकारी दिएको छ।

Ncell
Extreme Energy

अपानिमा बैठकले चालू केन्द्रीय कमिटी बैठकलाई नै ‘कटअफ बैठक’ मान्ने निर्णय गरेको उल्लेख छ। अर्थात्, अहिलेसम्म कसले के बोले वा कस्तो गतिविधि गरे भन्ने विषयलाई यहीँबाट टुंग्याउने र अबदेखि पार्टी अनुशासन उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने नीति एमालेले लिएको छ।

अपानिमा अब उप्रान्त पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा वा अपमान गरेमा, गुटबन्दी गरेमा वा अराजक तथा अनुशासनहीन गतिविधि गरेमा स्पष्टीकरण सोधेर कारबाही गर्ने उल्लेख छ।

त्यस्ता गतिविधिलाई कारबाहीको विषय बनाउने र कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिने निर्णय पनि गरेको छ।

त्यसैगरी, पार्टीमा अनुशासनहीनता नियन्त्रण गर्न केन्द्रीय अनुशासन आयोगलाई सक्रिय बनाउने निर्णय भएको छ। आयोगलाई निर्णय कार्यान्वयनमा कुनै व्यवधान वा अप्ठ्यारो परे केन्द्रीय कमिटीले आवश्यक निर्णय गरी सहयोग गर्ने पनि अपानिमा उल्लेख छ।

ओलीको प्रस्तावमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन अनुशासन पुनर्स्थापना आवश्यक रहेको उल्लेख गरिएको छ। त्यसैअनुसार एमालेले अब पार्टी नेतृत्व र निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति तथा गुटबन्दीप्रति कडाइ गर्ने नीति लिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।