नेभिगेशन
समाज

कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परियारले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्। कांग्रेसको नयाँ विधानअनुसार चार उपसभापतिमध्ये एक पद समावेशी समूहका लागि छुट्याइएको छ।

Ncell
Extreme Energy

परियार १४औँ महाधिवेशनबाट दलित क्लस्टरमा सहमहामन्त्री निर्वाचित भएका थिए। यसपटक उनले सहमहामन्त्रीबाट माथिल्लो पदमा उम्मेदवारी दिएका हुन्।

समावेशी उपसभापतिमा परियारसँगै मुस्लिम क्लस्टरबाट निवर्तमान सहमहामन्त्री फरमुल्लाह मन्सुरले पनि उम्मेदवारी दर्ता गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

कांग्रेस उपसभापतिमा डा. मिनेन्द्र रिजालले दिए उम्मेदवारी

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेस महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

कांग्रेस महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।