नेभिगेशन
समाज

मिरा कटुवालः बम आक्रमणमा बाँचिन्, अहिले बनिन् केन्द्रीय सदस्यको उम्मेदवार

उदयपुर । राजनीतिमा प्रवेश गर्नेहरूका आ–आफ्नै कथा हुन्छन्। कसैका लागि राजनीति अवसर हुन्छ, कसैका लागि विचार र संघर्षको बाटो। तर मिरा कटुवालको राजनीतिक यात्रा भने एउटा पीडादायी घटनासँग जोडिएको छ—जसले उनको शरीरको एउटा अंग खोस्यो, तर राजनीतिक यात्रालाई रोक्न सकेन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज उनै मिरा कांग्रेस राजनीतिमा नेतृत्वको तरखर गर्दैछिन् । र, कोशी प्रदेशबाट युवा महिला कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।

Ncell
Extreme Energy

२०७४ साल मंसिर १३ गते उदयपुरको दनवारबेँसीमा चुनावी प्रचारका क्रममा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की सवार जिपमाथि भएको बम विस्फोटमा मिरा गम्भीर घाइते भइन्। उक्त घटनामा उनको देब्रे खुट्टा घुँडामुनिबाट काट्नुपर्‍यो। जिप चालक राजन कार्की पनि गम्भीर घाइते भए।

मिरा त्यस घटनालाई केवल दुर्घटना वा पीडाका रूपमा हेर्दिनन्। उनी त्यसलाई ‘देशका लागि बगाएको रगत र पार्टीलाई दान गरिएको अङ्गका रूपमा सम्झिन्छिन्।

घटनापछि लामो उपचार, शारीरिक पीडा र कृत्रिम खुट्टाको सहारामा नयाँ जीवन सुरु गर्नु परे पनि मिराको राजनीतिक यात्रामा भने विराम लागेन। बरु संघर्षकै बीच उनले आफूलाई राजनीतिमा थप सक्रिय बनाउँदै लगिन्।

उदयपुरगढी गाउँपालिका–१, बाहुनीटारकी मिरा विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिइन्।

मिराको राजनीति प्रवेशको आधार केवल संगठन वा पद थिएन। बाल्यकालदेखि देख्दै आएको सामाजिक विभेदले उनलाई राजनीतितर्फ आकर्षित गरेको उनी बताउँछिन्। छोरालाई निजी विद्यालयमा र छोरीलाई सरकारी विद्यालयमा पढाउने सामाजिक सोचले आफूलाई पीडा दिएको भन्दै उनले त्यस्ता विभेदविरुद्ध आवाज उठाउन राजनीतिलाई माध्यम बनाएको बताउने गरेकी छन्।

संघर्ष उनको राजनीतिक जीवनमा मात्र सीमित छैन। कक्षा १० मा पुगेदेखि नै काम गर्न थालेकी मिराले आफ्नै आम्दानीबाट भाइ र दुई बहिनीको शिक्षामा समेत सहयोग गरिन्।

‘खुट्टा गयो, अब अपांग भएँ भन्ने त त्यही बेला थाहा भयो,’ घटनापछि आफ्नो अवस्था सम्झँदै उनले भनेकी थिइन्, ‘तर म अरूका लागि प्रेरणा बन्नुपर्छ भन्ने लाग्यो।’

त्यही सोचले उनलाई राजनीतिमा सक्रिय रहन ऊर्जा दियो । 

अब मिराको राजनीतिक यात्राले अर्को चरण प्रवेश गरेको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उनले कोशी प्रदेशबाट ३५ वर्षमुनिको कोटामा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा पार्टीको केन्द्रीय नेतृत्वसम्म पुग्ने प्रतिस्पर्धामा आइपुगेको छ । 

उनको जीवनमा आएको सबैभन्दा ठूलो शारीरिक चुनौतीले समेत राजनीतिक सक्रियतालाई रोक्न सकेन। कृत्रिम खुट्टाको सहारामा हिँड्दै उनी अहिले पनि राजनीतिक कार्यक्रममा सक्रिय छिन्, संगठनका गतिविधिमा सहभागी हुन्छिन् र आफ्नो राजनीतिक भविष्यका लागि अघि बढिरहेकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...
दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

यस वर्षको बडादसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

पाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।