नेभिगेशन
समाज

कांग्रेस सभापतिमा गगन थापासहित तीन जनाको उम्मेदवारी

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा गगनकुमार थापासहित तीन जनाले उम्मेदवारी दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापतिमा थापासँगै श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन्।

Ncell
Extreme Energy

त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी परेको छ।

खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्।

समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दिएका छन्।

खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्।

महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दिएका छन्।

हालसम्म सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक/एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ।

अन्य पदका उम्मेदवारहरूको विवरण भने संकलन भइरहेको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटवालले बाँकी पदको विवरण केहीबेरमा प्राप्त हुने जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...
मिरा कटुवालः बम आक्रमणमा बाँचिन्, अहिले बनिन् केन्द्रीय सदस्यको उम्मेदवार

मिरा कटुवालः बम आक्रमणमा बाँचिन्, अहिले बनिन् केन्द्रीय सदस्यको उम्मेदवार

आज उनै मिरा कांग्रेस राजनीतिमा नेतृत्वको तरखर गर्दैछिन् । र, कोशी प्रदेशबाट युवा महिला कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।