नेभिगेशन
समाज

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा भएको खानतलासी सरकारी निकायले गर्ने नियमित काम भएको बताएको छ । बुधबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रको घरमा छापा मारिएको विषयमा प्रतिक्रिया दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ । अहिलेलाई नियमित काम सरकारी निकायले गरेको रुपमा हेर्नुपर्छ ।’ 

Marvel
Extreme Energy

आइतबार दिउँसो सम्पत्ति शुद्धिकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा उनी निकट व्यक्तिहरुको घरमा छापा मारेको थियो । विभागको टोलीले जबरा सहित उनका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेत, नारायण दाहाल, दिपक तिमल्सिना र नवराज थपलियाको घरमा खोजतलास गरेको हो । 

पूर्वप्रधानन्यायाधीश जबरालाई केही दिन अघि मात्रै प्रहरी पक्राउ गरेको थियो । उनलाई मध्यराति पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखेर भोलिपल्ट छोडिएको थियो । 

जबरासँग मिलेर चलखेल गरेको आरोपमा सशस्त्र प्रहरीका  एआईजी वंशीराज दाहाललाई समेत पदबाट निलम्बन गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज