नेभिगेशन
समाज

प्रसिद्ध भारतीय अभिनेता नाना पाटेकरको निधन

गोवा । भारतीय चलचित्र उद्योगका चर्चित तथा बहुप्रतिभाशाली अभिनेता नाना पाटेकरको  हृदयघातका कारण ७५ वर्षको उमेरमा निधन भएको छ। प्राप्त मिडिया रिपोर्टहरूका अनुसार उनले गोवामा अन्तिम सास फेरेका हुन्। उनी गोवास्थित आफ्नै निवासमा बेहोस अवस्थामा फेला परेका थिए। एएनआईको रिपोर्ट अनुसार लगातार ४५ मिनेटसम्म सीपीआर दिँदा पनि उनलाई बचाउन सकिएन। मनिपाल अस्पतालको अन्कोलोजी विभागका प्रमुख डा. शेखर साल्करका अनुसार मेडिको-लीगल केस दर्ता गरिएको छ र अब शव परीक्षण (पोष्टमार्टम) गरिनेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नाना पाटेकरको निधनको खबरलाई उनका छोरा मल्हार पाटेकरले पुष्टि गरेको बिबिसी हिन्दीले जनाएको छ । पाटेकरको असामयिक निधनको खबर सार्वजनिक भएसँगै भारतीय चलचित्र क्षेत्र, कला जगत् तथा सञ्चार माध्यमहरूमा शोकको लहर छाएको छ।

Ncell
Extreme Energy

वरिष्ठ भारतीय पत्रकार राजदीप सरदेसाईले सामाजिक सञ्जालमार्फत नाना पाटेकरप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीसँगको अन्तिम संवाद स्मरण गरेका छन्। सरदेसाईले लेखेका छन्: "एक शानदार अभिनेता, तर त्योभन्दा पनि ठूलो कुरा एक प्यारा मित्र, नाना पाटेकर अब हामीमाझ रहेनन्। केही बेरअघि गोवामा उनको निधन भयो। हिजो मात्र उनीसँग मेरो कुराकानी भएको थियो। उनका अन्तिम शब्द थिए— 'काल्जी घे राजा' (आफ्नो ख्याल राख्नु, राजा)। म तपाईंलाई पर्दाभित्र र पर्दाबाहिर धेरै सम्झिनेछु, नाना साहब। राम्रा र नराम्रा हरेक समयमा तपाईं सधैं मेरो साथमा उभिनुभयो। ॐ शान्ति।"

नाना पाटेकरको अभिनय यात्रा 

आफ्नो बेग्लै अभिनय शैली र सशक्त संवाद अदायगीका लागि परिचित नाना पाटेकर जीवनको अन्तिम समयसम्म पनि अभिनय क्षेत्रमा सक्रिय थिए। उनी अन्तिम पटक फेब्रुअरी २०२६ मा प्रदर्शित विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर चलचित्र 'ओ रोमियो' मा देखिएका थिए। शाहिद कपूर र तृप्ति डिमरी मुख्य भूमिकामा रहेको उक्त फिल्ममा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख 'इस्माइल खान' को भूमिका निर्वाह गरेका थिए।

यसैगरी, मार्च २०२६ मा प्राइम भिडियोमा प्रिमियर भएको अनिल कपूरको फिल्म 'सुबेदार' मा पनि उनको अभिनय रहेको थियो। सन् २०२६ मै उनले प्रकाश झाको राजनीतिक ड्रामा सिरिज 'संकल्प' मार्फत ओटीटी  प्लेटफर्ममा डेब्यु गरेका थिए, जसमा उनले 'माट साहब/कन्हैया लाल' को केन्द्रीय भूमिका निभाएका थिए।

यसअघि उनी सन् २०२५ को फिल्म 'हाउसफुल-५' र सन् २०२४ मा रिलिज भएको 'वनवास' मा पनि देखिएका थिए। दशकौँ लामो कलायात्रामा उनले बलिउडमा थुप्रै स्मरणीय र ऐतिहासिक पात्रहरूलाई पर्दामा जीवन्त पारेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।
गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्।

भर्खरै