नेभिगेशन
समाज

भारतमाथि किन खनिए एलन मस्क ?

न्युयोर्क । अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मस्कले उनीहरूको व्यापारिक 'एकाधिकार' (मोनोपोली) कायम राख्नका लागि यस्तो गरिएको र यो भारतीय जनताविरुद्धको अपराध भएको दाबी गरेका हुन् ।

Ncell
Extreme Energy

सामाजिक सञ्जाल 'एक्स'मा एक प्रयोगकर्ताको पोस्टको जवाफ दिँदै मस्कले लेखेका छन्, "दुर्भाग्यवश, भारतीय जनतामाथि उनीहरूको 'एकाधिकारवादी' पकड कायम रहोस् भनेर केही उद्योगपतिहरूले हामीलाई रोकिरहेका छन्। उनीहरू को हुन् भनेर तपाईंहरू अनुमान लगाउन सक्नुहुन्छ... यो भारतका जनताविरुद्धको अपराध हो!"

उक्त पोस्टमा भारतका धेरै गाउँहरू अझै पनि ब्रोडब्यान्ड इन्टरनेटसँग जोडिन नसकेकाले देशमा स्टारलिङ्कको आवश्यकता रहेको उल्लेख गरिएको थियो।

मस्कले थप लेखेका छन्, "भारतमा स्टारलिङ्कले हालको महँगो शुल्कका कारण इन्टरनेट प्रयोग गर्न नसकिरहेका वा इन्टरनेटको पहुँच नै नपुगेका मानिसहरूलाई तीव्र गति र किफायती इन्टरनेट सेवा उपलब्ध गराउन सक्नेछ।"

यसैबीच, नयाँ दिल्लीमा आयोजित 'इन्डिया मोबाइल कंग्रेस' मा स्टारलिङ्ककी बिजनेस अपरेसन उपाध्यक्ष लरेन ड्रेयरले कम्पनीले भारतमा २० वटा 'गेटवे साइट' निर्माण गरिसकेको जानकारी दिएकी छन्। साथै, भारतीय प्रयोगकर्ताको डेटा देशभित्रै सुरक्षित राख्नका लागि भारतको मापदण्डअनुसार सुरक्षा नियन्त्रण प्रणालीसमेत विकास गरिएको उनले बताइन्।

ड्रेयरका अनुसार आवश्यक सबै सरकारी स्वीकृतिहरू प्राप्त हुनेबित्तिकै स्टारलिङ्कले भारतमा भूउपग्रह (स्याटेलाइट) ब्रोडब्यान्ड सेवा चाँडो भन्दा चाँडो सुरु गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्।

भर्खरै