नेभिगेशन
समाज

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

वाशिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रकारहरूसँग कुरा गर्दै उनले भने, 'कुनै पनि राष्ट्रपतिले कहिल्यै कुनै युद्ध अन्त्य गराएका छैनन् । मैले आठ वटा युद्ध अन्त्य गराएको छु र सम्भवतः संसारलाई पूर्ण रूपमा विनाश हुनबाट पनि जोगाएको छु । त्यसैले मैले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ ।'

Ncell
Extreme Energy

सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा नर्वेली नोबेल समितिले शुक्रबार गर्दैछ ।

पुरस्कारका बारेमा सोधिएको प्रश्नमा ट्रम्पले भने, 'उनीहरूको निर्णय के हुन्छ मलाई थाहा छैन। मजस्ता मानिसहरूलाई यो पुरस्कार नदिने उनीहरूको छवि रहँदै आएको छ ।'

सत्तामा पुनः आएदेखि नै ट्रम्पले आफू विश्वकै सर्वाधिक प्रतिष्ठित पुरस्कारहरूमध्ये एक नोबेल शान्ति पुरस्कारको हकदार भएको दाबी बारम्बार गर्दै आएका छन् ।

ओभल अफिसमा पत्रकारहरूसँग उनले थपे, 'अब सम्भवतः त्यो समय आएको छ । अघिल्लो पटक पुरस्कार पाउने व्यक्तिले नै इतिहासमा अरू कसैभन्दा पनि राष्ट्रपति ट्रम्प यसको बढी हकदार हुन् भनेका थिए । उनीमार्फत अप्रत्यक्ष रूपमा यो सम्मान पाउँदा मैले निकै सम्मानित महसुस गरेको थिएँ ।'

भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले गत जनवरीमा आफ्नो सन् २०२५ को नोबेल शान्ति पुरस्कार पदक ट्रम्पलाई दिएकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।
गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्।

भर्खरै