नेभिगेशन
समाज

एमालेका वडा अधिवेशन मंसिर २६ र पालिका अधिवेशन पुस ४ गते

काठमाडौं । नेकपा (एमाले)ले वडा र पालिका तहका अधिवेशनको मिति तोकेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको बैठकले वडा कमिटीको अधिवेशन मंसिर २६ गते र पालिका तहको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो।

Ncell
Extreme Energy

बैठकको सुरुवातमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

बैठकले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ। भेलामा प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधि सहभागी हुनेछन्।

वडा र पालिका तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, मधेश प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्ने जैनब खातुनको निधनपछि रिक्त स्थानमा नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय बैठकले गरेको छ। नाजमा समानुपातिक बन्दसूचीको क्रमसंख्या ४० तथा मापदण्डअनुसार क्रमसंख्या ४२ मा रहेकी उम्मेदवार हुन्।

अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा भने जिल्ला तहबाटै अध्यक्ष तोकी संगठन कमिटीमा रूपान्तरण गर्ने निर्णय भएको छ। त्यसपछि उक्त निर्णय अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाइनेछ।

स्थायी कमिटीको बैठक शुक्रबार पुनः बस्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।