नेभिगेशन
समाज

सर्‍यो कांग्रेस महाधिवेशनको मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भोलि बिहान ७ बजेदेखि हुने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय निर्वाचन समितिले मतपत्र छपाइमा ढिलाइ भएका कारण आज निर्धारित समयमा मतदान प्रक्रिया सुरु गर्न नसकिएको जनाएको छ। समितिका अनुसार अहिले सबै मतपत्र छपाइ भएर आइसकेका छन् भने मतदान केन्द्र र आवश्यक जनशक्तिसहित सम्पूर्ण तयारी पूरा भएको छ।

Ncell
Extreme Energy

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले शुक्रबार जारी गरेको सूचनाअनुसार भोलि असोज २३ गते बिहान ७ बजे ज्येष्ठ मतदाताबाट मतदान सुरु हुनेछ। मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।

समितिले रातको समयमा मतदान गराउँदा असहज हुने सुझाव तथा सम्भावित प्रतिकूल मौसमलाई समेत ध्यानमा राखेर मतदान बिहानबाट सुरु गर्ने निर्णय गरिएको जनाएको छ।

पार्टी नेतृत्वले आजै निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि रातभर मतदान गराउनु उचित नहुने सुझाव आएपछि निर्वाचन कार्यक्रम परिवर्तन गरिएको समितिले जनाएको छ।

मतदान आज निर्धारण गरिएकै मतदान केन्द्रमा हुनेछ। सम्बन्धित प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका निर्वाचनसमेत सोहीअनुसार हुने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।
पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

नेकपा एमालेको सिट व्यवस्थापनको आफ्नै परम्परा छ। पदाधिकारीहरूको वरीयताक्रम सचिवालयले निर्धारण गर्छ। आसन व्यवस्थापनमा भने पार्टी नेतृत्वकै तजबिज रहन्छ।
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।

भर्खरै