नेभिगेशन
समाज

अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ : प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा कांग्रेसलाई विभाजन गर्ने प्रयास भइरहेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौंमा काठमाडौं महानगर अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले कांग्रेसलाई कमजोर र विभाजित बनाउन अदृश्य शक्ति सक्रिय रहेको दाबी गरे। उनले त्यस्ता शक्तिको स्वार्थ पूरा हुन नदिने बताए।

Ncell
Extreme Energy

कांग्रेसको इतिहास, विधान र स्थापित परम्पराविपरीत कसैले पनि काम गर्न नहुनेमा उनले जोड दिए।

गल्ती गर्नेहरूलाई ढाकछोप गर्ने वा उल्टै प्रोत्साहन गर्ने प्रवृत्ति गलत भएको भन्दै सिंहले पार्टीभित्रका बेथिति र गल्ती सच्याएर सही बाटोमा अघि बढ्नुपर्ने बताए।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा केन्द्रीय कार्यसमितिले विधान र नियमअनुसार आवश्यक निर्णय गर्दै अघि बढ्ने उनको भनाइ थियो।

लोकतान्त्रिक पार्टीमा मतभेद र भिन्न विचार हुनु स्वाभाविक भए पनि अदृश्य शक्तिको इसारामा पार्टीको नियम र विधि उल्लङ्घन गर्दै मनपरी गर्नु अलोकतान्त्रिक व्यवहार भएको सिंहले बताए।

नेता सिंहले कांग्रेसका संस्थापक नेताहरूले देखाएको निष्ठा, सिद्धान्त र आदर्शको बाटोमा रहेर वर्तमान चुनौतीको सामना गर्दै अघि बढ्ने बताए।

उनले पार्टीलाई एकताबद्ध र बलियो बनाएर लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।
पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

नेकपा एमालेको सिट व्यवस्थापनको आफ्नै परम्परा छ। पदाधिकारीहरूको वरीयताक्रम सचिवालयले निर्धारण गर्छ। आसन व्यवस्थापनमा भने पार्टी नेतृत्वकै तजबिज रहन्छ।
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।

भर्खरै