नेभिगेशन
समाज

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवा । रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्र्याक खोल्ने काम अघि बढाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

Marvel
Extreme Energy

स्याफ्रुबेसीमा कुल ७६ मिटर लामो बेलिब्रिज निर्माण गर्ने योजना छ। त्यसका लागि एक्सेस रोड निर्माणको काम भइरहेको छ।

बेलिब्रिज जडान गर्न १४ मिटरको फाउन्डेसन निर्माण गर्न जग खन्न दुईवटा स्काभेटर परिचालन गरिएको छ।

वेत्रावतीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेसँगै स्याफ्रुबेसीमा पनि निर्माण कार्यलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि रसुवागढीसम्मको सडक सञ्जाल पुनःस्थापित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज