नेभिगेशन
सबै कुरा

दलितसँग बिहे गरेको कारण श्राद्ध गर्न नगएका पुरोहितले गरे पीडितसँग मिलापत्र

जजमानले दलितसँग बिहे गरेका कारण श्राद्ध गर्न नगएको आरोप लागेका भुम्लु-२ सिम्थलीका पुरोहित माधवराज न्यौपाले पीडितसँग मिलापत्र गरेका छन् । आज जिल्ला प्रहरी कार्यालय काभ्रेमा न्यौपानेले आइन्दा कसैलाई पनि त्यस्तो व्यावहार नगर्ने भन्दै रोकिएको श्राद्ध गर्दिने शर्तमा मिलापत्र गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तरजातीय विवाह गरेको भन्दै विद्यालयकी प्रधानाध्यापकको परिवार नै समाजबाट बहिष्कृत

Ncell
Extreme Energy

त्यस्तै, सोही वडाका चक्रबहादुर भण्डारीले पनि मिलापत्र गरेका छन् । धर्मध्वजले  आफूले दलित समुदायको विश्वकर्मा( कामी) जातकी केटी बिहे गरेकोले  पुरोहित माधवराज  न्यौपाने श्राद्ध गर्न नआएको भन्दै जातीय भेदभाव तथा छुवाछुतको कसूरमा कारबाही गर्न माग गर्दै   माघ १४ गते जिल्ला प्रहरी कार्यालय, काभ्रेमा ठाडो उजुरी दिएका थिए। 

पुरोहितले नभ्याएर जान नसकेको साथै अब आइन्दा त्यस्तो नगर्ने  भन्दै रोकिएको श्राद्ध गर्दिने शर्तमा पीडितसँग  मिलापत्र गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी भागेन्द्र पुरुष ढकालले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पहिलो यात्राले उनको सोच बदलियो । हिमाल केवल प्राकृतिक सुन्दरता होइन, आफ्नो क्षमताको सीमा परीक्षण गर्ने प्रयोगशाला पनि रहेछ भन्ने उनले महसुस...
भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित...
सिधाकुरा सम्पादकीय– आगो निभाऔँ, आफैँलाई सम्हालौँ

सिधाकुरा सम्पादकीय– आगो निभाऔँ, आफैँलाई सम्हालौँ

हाम्रो देश सद्भाव र सहअस्तित्वको जीवन्त उदाहरण हो । हिमाल, पहाड र तराईलाई एउटै अँगालोमा बाँध्ने यो भूमि धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम उद्यान पनि हो। फरक–फरक धर्म,...
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...